शुक्रबारका दिन यसो गर्नुहाेस्, मिल्नेछ यस्तो लाभ


नेपालन्युज
शुक्रबार , ०१ श्रावण , २०७८

कुन बार के काम गर्दा राम्रो र के काम गर्दा नराम्रो हुन्छ भन्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ। धर्मशास्त्र अनुसार सात बारमा हरेक दिन फरक-फरक देवी-देवताको पूजा गरिन्छ । शुक्रबारका दिन लक्ष्मीको पूजा गर्नु राम्रो मानिन्छ।

शुक्रबारका दिन लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । यिनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाएर खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ । यो दिनमा अमिलो नखानु नै बेश हुन्छ । शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुने विश्वास रहिआएको छ । 

शुक्रबारका दिन गायन, मणि, रत्न, हिरा, सुगन्ध, बस्त्र, उत्साह, अलंकार, बाणिज्य, व्यापार, गाईबस्तु किनबेच गर्नु, द्रव्य भण्डारण गर्नु र संचय गर्नु तथा कृषि कार्य गर्दा राम्रो मानिन्छ । 

शुक्रबार राति खुला आकाशमुनि चन्द्रमा र पूर्वजको ध्यान गरि आफ्नो समस्याका बारेमा बताए उनीहरुको आशीर्वाद पाउन सकिने धर्मशास्त्रमा  उल्लेख गरिएकाे छ । पितृदोष समाप्त हुने र जीवनमा जे पनि बाधा आउँछ ती सबै टाढा भाग्नेछ र तपाईँलाई मानसिक बल मिल्नेछ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal