बुधबार यी कामहरु गर्नुहोस्, खुल्ने छ भाग्य


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

ज्योतिष शास्त्रका अनुसार बारहरुको आ आफ्नो विशेषता रहेको हु्न्छ । जसमध्ये बुधबार हिन्दु धर्मका अनुसार बुधबार श्री गणेशको पूजा गरिन्छ । गणेशलाई ज्ञान र शुभताका भगवान मानिन्छ । बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ। बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ । 

–बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ। मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ।

–बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।

– बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

– बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी९देवताको कृपा हुने गर्छ।

–बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ।

–बुधबारको दिन कुनै गरिबलाई केहि पैसा दान गर्नुहोस्। यसो गर्नाले तपाईंको जीवनमा पैसाको अभाव हुने छैन।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal