ट्रम्पलाई अपदस्थ गरेर शक्ति हातमा लिन उपराष्ट्रपतिलाई महान्यायाधिवक्ताको अपील


वासिङ्टन डिसीका महान्यायाधिवक्ता कार्ल रेसिनले संविधानको २५औं संशोधन ब्युँताएर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अपदस्थ गर्न उपराष्ट्रपति पेन्ससँग अपिल गरेका छन्। उपराष्ट्रपतिले तत्काल क्याबिनेट बैठक बोलाएर राष्ट्रपतिलाई हटाउनुपर्ने तथा आफूले सत्ता समाल्नुपर्ने उनको सुझाव छ।

अमेरिकी संविधानले राष्ट्रपति असक्षम देखिए संसद वा क्याबिनेटको बहुमत पुर्‍याएर शक्ति आफ्नो हातमा लिने अधिकार उपराष्ट्रपतिलाई दिएको छ। सोही व्यवस्था ब्युताउँन उनले सुझाव दिएका हुन्।

यसैबीच सिनेटका बहुमत नेता मिच म्याक्कोनेलले पनि संसद भवनमाथि भएको आक्रमणको निन्दा गर्दै अमेरिकी कानुनी सर्वोच्चतालाई कसैले पनि चुनौति दिन नहुने बताए। आक्रमणपछि अवरुद्ध संसदको बैठक सुरु भएलगत्तै सम्बोधन गर्दै म्याक्कोनेलले संविधानले दिएको अधिकार र जिम्मेवारी पूरा गरेरै छाड्ने अठोट व्यक्त गरे।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes