भारतमा भएको फेमिना मिस ईण्डिया २०२०मा एकजना टेम्पुचालककी छोरीले पनि उपाधि हात पारेकी छिन। प्रतियोगिताको दोश्रो उपाधि प्राप्त गरेकी मान्या सिंह मुम्बईका ट्याम्पु चालक ओमप्रकाश सिंहकी छोरी हुन। उनकी आमा मनोरमादेवि भने सिलाई पसलमा काम गर्दछिन।
बनारसकी मनसाले ताज जितेकी यो प्रतियोगितामा उत्तर प्रदेशको प्रतिनिधित्व गरेकी मान्या सिंहको बाल्यकाल गरिबीमा वितेको थियो। उनले कयौं रात भोकै गुजारा गर्नु परेको थियो भने पैसाको अभाबकै कारण कयौं किलोमिटरसम्म हिंडेर जानु पर्ने अवस्थापनि आएको थियो। उनले लगाउने लुगा समेत आफैं सिलाउँथिन भने उनको पढाई खर्चकालागि आफ्नो आमाको गहना समेत बन्धक राख्नु परेको अवस्था आएको थियो। उनि अध्ययनका अतिरिक्त कल सेण्टरमापनि काम गर्दथिन।