साउदी अरेबियामा महिलालाई पनि सेनामा भर्ती हुन पाईने भएको छ। यसरी महिलालाई सेनामा खुल्ला गरिएको साउदी अरेबिया पछिल्लो मुलुक बनेको छ।
सेनामा भर्ती हुन चाहने महिलाहरुले कम्तीमा हाईस्कूल तहसम्म अध्ययन गरेको हुनुपर्छ। तर विदेशी पुरुषसंग बिबाह गरेकी महिलालाई सेनामा भर्ती हुन बन्देज लगाईएको छ।
अरब समाचारका अनुसार महिलाहरु सिपाहीका साथै लेन्स कर्पोरल्स, कर्पोरल्स र सारजेण्टस हुन पाउनेछन।
यो योजना सन २०१९ मा सार्वजनिक गरिएको थियो। सोही वर्ष साउदी अरेबियाले साउदी महिलाहरुलाई मुलुकबाट बाहिरजान पुरुष नातेदारको अनुमति नचाहिने ब्यबस्था गरेको थियो जसको साउदी अरेबिया र अन्य देशमा ब्यापक बिरोध भएको थियो।
साउदी अरेबियाले सन २०१८ मा महिलाहरुलाई गाडी हाक्न पाउने अनुमति दिएको थियो। साउदी अरेबियामा अब छिट्टै महिला न्यायाधीशको नियुक्त गरिने लक्ष्य राखिएको छ।।बियामा महिलालाई पनि सेनामा भर्ती हुन पाईने भएको छ।