जब ५० वर्षीय राष्ट्रियसभा सदस्यले १४ वर्षीया बालिकासँग विवाह गरे...


पाकिस्तानी राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने एक सांसदले १४ वर्षीया बालिकासँग विवाह गरेको खवर भिडियामा आएको छ ।

पाकिस्तानी सांसद तथा जमियत उलेमा-ए-इस्लामका नेता मौलाना सलाहुद्दीन आयुबीले १४ वर्षीया बालिकासँग विवाह गैरकानूनी रुपमा विवाह गरेपछि प्रहरीले यस घटनाको छानविन गरिरहेको समाचारमा जनाइएको छ । 

पाकिस्तानी पत्रिका डनका अनुसार चित्रालस्थित महिला तथा बालबालिका सम्बन्धी गैरसरकारी संस्थाले उजुरी दिएपछि प्रहरीले उनीमाथि छानविन गरेको जनाएको हो ।

उनले २००६ को २८ अक्टोबरमा जन्मिएकी ती बालिकासँग विवाह गरेका हुन् । ५० वर्षीय मौलाना सलाहुद्दीन राष्ट्रिय सभाका सदस्य हुन् । ती बालिकाको घरमा समेत पुगेर अनुसन्धान गरेको चित्रल प्रहरीले जनाएको छ । तर बालिकाका बाबुले विवाह गरेको कुरा स्वीकार गरेका छैनन् ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes