भारतीय महिला दुबईमा पक्राउ


दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा एक भारतीय महिला लागु औषध चरेस सहित पक्राऊ परेकी छिन। उनको साथबाट २ किलोभन्दा बढी चरेस बरामद गरिएको थियो। दुबई पुलिसको एन्टी ड्रग्स डिपार्टमेन्टका प्रहरीले ति महिलाको सामान भित्र लागुपदार्थ पाएका थिए।

 २४ बर्षीया भारतीय महिलाले  अज्ञात व्यक्तिले उनलाई दुबई ल्याउनका उक्त सामान दिएको प्रहरी समक्ष बताईन।

  उनी दुबईको नैफ इलाकाको एउटा होटलमा जान चाहिन्थिन जहाँ अर्को व्यक्ति चरेस लिन आउने सल्लाह गरिएको प्रहरीले जनाएको छ।

 दुबई पुलिसका अनुसार  उक्त होटलमा लागूऔषध लिन आएका २ जनापनि  पक्राऊ परेका थिए।  चरेसलाई सिगरेटको प्याकमा लुकाएर राखिएको अवस्थामा फेला परेको थियो।


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes