समर्थन देखाउन इजिप्टका विदेशमन्त्री लेबनानमा


इजिप्टका विदेशमन्त्री लेबनानको राजधानी बेरुत पुगेका छन् । लेबनानलाई समर्थन देखाउन उनीबुधबार बेरुत आउनुभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

इजिप्टका विदेशमन्त्री सामेह शौक्रीले इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसिको सन्देश लिएर लेबनानका राष्ट्रपति मिचेल औनलाई भेटेको जनाइएको छ । 

इजिप्टको तर्फबाट जारी गरिएको वक्तव्यमा लेखिएको छ, “लेबनानप्रति ऐक्यबद्धता जनाउन इजिप्ट सरकारको तर्फबाट प्रतिनिधिका रुपमा उहाँ जानुभएको हो ।” 

बाब्डा प्यालेसमा औनसँग शौक्रीको भेटवार्ता भएपछि इजिप्टको तर्फबाट यस्तो वक्तव्य आएकोले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

लेबनानले भोगिरहेका विभिन्न समस्याहरु समाधान गर्न इजिप्टको तर्फबाट हुनसक्ने सहयोग र खेल्नुपर्ने भूमिकाका बारेमा उनीहरुका बीचमा छलफल भएको जनाइएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes