बेलायती प्रधानमन्त्रीले गरे तेस्रो विवाह


नेपालन्युज
आईतवार , १६ जेष्ठ , २०७८

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले गुप्त तवरले बिबाह गरेका छन। उनले क्यारी साईमोण्डससंग शनिवार बिबाह गरेका हुन।

५६ वर्षिय जोन्सनले ३३ वर्षकि साईमण्डससंग नजिकका साथी र परिवारको उपस्थितिमा बिबाह गरेका थिए। यसरि पदमा रहेर बिबाह गरेका जोन्सन दोश्रो बेलायती प्रधानमन्त्री हुन। यसअघि सन १८२२ मा रोबर्ट जेनकिंसनले पदमै हुँदा बिबाह गरेका थिए।

प्रधानमन्त्री जोन्सनले अघिल्लो वर्षको जुलाईमै बिबाह गर्ने योजना बनाएका थिए। कोरानाको संक्रमण फैलिएपछि बिबाह टरेको थियो। यो जोडीले गत सन २०१९ मै बिबाहको परम्परा अनुसारको पहिलो चरण पुरा गरेका थिए। उनिहरुको विल्फ्रेड नामको एक छोरा पनि छन। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal