गरिब देशलाई सय करोड कोरोना खोप उपलब्ध गराउने जी-७ को उद्घोष


नेपालन्युज
शुक्रबार , २८ जेष्ठ , २०७८

बेलायतका प्रधानमन्त्री बोरिस जन्सनले ७ वटा देश मिलेर एक सय करोड कोरोना खोप गरिब देशलाई उपलब्ध गराउने बताएका छन्। अमेरिकाका राष्ट्रपति जो बाइडेनले पनि अमेरिका एक्लैले ५० करोड कोरोना खोप गरिब देशलाई उपलब्ध गराउनसक्ने बताएका थिए। 

जी-७ मा अमेरिका र बेलायतसँगै क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान रहेका छन्। शुक्रबार सुरु भएको जी-७ सम्मेलनमा बेलायतका प्रधानमन्त्री बोरिसले भने, 'जी-७ ले के संकल्प लिन जरुरी छ भने सन् २०२२ सम्म विश्वका सबै देशमा कोरोना खोप उपलब्ध गराउन कोसिस गरियोस्।'

उनले आफूहरुले मितवत देशहरुलाई मिलेर कोरोना महामारीलाई पराजित गर्न चाहेको बताए। उनले यसप्रति आफूहरु प्रतिबद्ध रहेको र बेलायतले केही हप्‍तामै करिब ५० लाख डोज गरिब देशलाई उपलब्ध गराउने बताए। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal