आफ्नै विवाहलाई किन 'अवैधानिक' भनिरहेकी छन् यी सांसद


नेपालन्युज
शुक्रबार , २८ जेष्ठ , २०७८

अभिनेत्री एवं सांसद नुसरत गर्भवती भएपछि यति धेरै विवादमा तानिए कि उनले औपचारिकरुपमा वक्तव्य जारी गर्नुपर्‍यो। उनले वक्तव्यमा आफ्नो विवाहलाई अवैधानिक बताएकी छन्। निखिलसँग टर्कीमा विवाह गरेकी नुसरतले आफ्नै विवाहलाई अवैधानिक ठहराएकी हुन्। 

हुन त यी दम्पति विगत ६ महिनादेखि अलग अलग बस्दै आएका छन्। यही दौरान नुसरत र अभिनेता यशको प्रेम सम्बन्धले पनि चर्चा बटुलिरहेको छ। नुसरतको पेटमा रहेको बच्चा तिनै यशको रहेको बताइएको छ। यद्यपि यशले यसअघि नै नुसरत र आफ्नो 'प्रोफेशन' सम्बन्धमात्र रहेको बताएका थिए।

यसैबीच नुसरतका पति निखिलले पनि औपचारिक धारणा सार्वजनिक गरेका छन्। उनले नुसरतले लगाएका सबै आरोप झुटो रहेको बताएका छन्। नुसरतले आफ्नो गरगहना र बैंक अकाउन्ट निखिलले जफत गरेको बताएकी थिइन्।

यही आरोपलाई निखिलले खण्डन गरेका हुन्। उनले नुसरतले लगाएको सबै आरोपको खण्‍डन गर्दै आफूहरुको वैवाहिक सम्बन्ध खारेज गर्न अदालतमा अपील गरेको जानकारी गराए। उक्त अपील अझै अदालतमा विचारधीन रहेको उनले बताएका छन्। 

उनले नुसरत होम लोनले पीडित भएको र उनलाई आफूले पैसा दिएर मुक्त गरेको समेत स्पष्ट पारेका छन्। उक्त रकम फिर्ता गर्नसमेत उनले नुसरतलाई आग्रह गरेका छन्। 

यो पनि पढ्नुहोस्

पतिबाट ६ महिनादेखि अलग रहेकी अभिनेत्री एवं सांसद गर्भवती भएपछि...


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal