श्रीलङ्कामा कोभिडबाट दैनिक मृत्यु दर उच्च हुदै


नेपालन्युज
शुक्रबार , २८ जेष्ठ , २०७८

श्रीलङ्कामा पनि कोरोनाबाट ज्यान गुमाउने व्यक्तिको दैनिक संख्या बढ्न थालेको छ । गत २४ घण्टामा श्रीलङ्कामा कोरोना सङ्क्रमणबाट १०१ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको कूल संख्या २ हजार ११ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । 

यसै अवधीमा यहाँ २६ सय भन्दा बढी थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । श्रीलङ्कामा कोरोना शुरु भएदेखि हालसम्म २ लाख १६ हजार १३४ जना व्यक्ति सङ्क्रमति भइसकेका छन् । श्रीलङ्कामा ३१ हजार ९८६ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले आज जानकारी दिएको छ । 

श्रीलङ्कामा पनि कोभिड–१९ को तेस्रो भेरिएन्ट शुरु भएको बताइएको छ । हाल यहाँ राष्ट्रव्यापी रुपमा यात्रा प्रतिबन्ध गरिएको छ । यो प्रतिबन्ध आगामी जुन १४ बाट खुल्ला गरिने अनुमान गरिएको छ । यहाँ गत दुई महिनायता १ लाख भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका पनि सरकारी स्रोतले जानकारी दिएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal