चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा प्रहरीको छापा


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा प्रहरीले छापा मारेको छ। बिहीबार भारतको सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सेज (सीबीडीटी)ले छापा मारेको हो। सीबीडीटीका प्रवक्ता सुरभी अहलुवालियाले दैनिक भास्करको कार्यालयमा छापा मारिएको पुष्टि गरेकी छन्।

सुरभीले बीबीसीसँगको कुराकानीमा भनेकी छिन्, ‘दैनिक भास्करको कार्यालयमा सीबीडीटीको अपरेसन जारी छ। यस विषयमा अहिले हामी यतिमात्र बताउन सक्छौं।’

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार पत्रिकाका प्रमोटर्सहरुको घर तथा कार्यालयमा छुट्टाछुटै टोलीले छापा मारेको हो। मध्यप्रदेशको भारतीय कांग्रेस पार्टीका नेता दिग्विजय सिंहले सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै आधा दर्जनभन्दा धेरै स्थानमा छापा मारिएको बताएका छन्।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal