मतदाता किनेको आरोपमा सांसद नै जेल परेपछि...


नेपालन्युज
आईतवार , १० श्रावण , २०७८

निर्वाचनको समयमा मतदाता किनबेच हुने वा आर्थिक प्रलोभनमा पारेर मत आफ्नो पक्षमा पार्ने गरेका घटनाहरु सुन्नुभयो होला । तर मतदाता किनबेचकै आरोपमा सांसद नै जेल गएको अहिलेसम्म सुन्नु भएनकी ! भारतमा भने यस्तै एउटा घटना घटेको छ । बहालवाला सांसदलाई चुनावका बेला मतदातालाई किनेको कसुरमा जेल सजाय सुनाइएको छ।

तेलंगना राष्ट्र समिति पार्टीकी लोकसभा सदस्य मालोथ कवितालाई एक अदालतले सन् २०१९ को आमचुनावमा मतदातालाई पैसा दिएको कसुरमा ६ महिना जेल सजाय सुनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सांसद कविता र उनका सहकर्मीले यो फैसलाविरूद्ध उच्च न्यायालयमा पुनरावेदन गर्न सक्नेछन्।

लोक सभा सांसद र प्रदेश सभा विधायकविरूद्धका मुद्दा हेर्ने विशेष अदालतले यसअघि पनि जनप्रतिनिधिलाई कारबाही गरेको थियो तर लोकसभाका बहालवाला सांसदलाई मतदातालाई किनेको कसुरमा सजाय सुनाएको यो पहिलो पटक हो।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal