समुद्री आँधी आइडामा परि मृत्यु हुनेको संख्या ४६ पुग्यो [फोटो फिचर]


नेपालन्युज
शुक्रबार , १८ भाद्र , २०७८

अमेरिकामा समुद्री आँधी आईडाका कारण आएको बाढीमा परि मृत्यु हुनेको संख्या ४६ पुगेको छ । बिहीबार न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । गर्भनर फिल मर्फीका अनुसार मारिने अधिकांश आफ्नो गाडीमा यात्रा गरिरहेका बेला बाढी परेका थिए । अधिकारीहरुले मृतकको संख्या अझ बढ्न सक्ने बताएका छन् ।

आँधीपछि आएको भारी वर्षाका कारण पूर्व राज्यहरु कनेन्टिकट, मेरिल्याण्ड, न्यू जर्सी, न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनियामा दर्जनौँले ज्यान ज्यान गुमाएको खबर छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनको संकटसँग लड्न ‘ऐतिहासिक लगानी’ आवश्यक रहेको बताएका छन् । अमेरिकाले देशभर मौसमसम्बन्धी विपत्तिको सामना गर्नुपरिरहेको बताउँदै उनले योसँग जुध्नु जीवन र मृत्युको सवाल भएको जिकिर गरे ।

न्यूयोर्क र न्यूजर्सीमा भारी वर्षका कारण मानिसहरु आफ्नो घरको बेसमेन्ट र कारमा नै फसेका छन् । न्यूयोर्क सहरमा मात्र ३ जना नेपाली सहित १४ जनाले ज्यान गुमाएका छन् । न्यूयोर्कमा संकटकाल नै घोषणा गरिएको छ ।

तस्बिर - बीबीसी


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal