१९ जना चिनियाँ कामदारको खानीमा मृत्यू


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

गत महिना कोइला खानी भत्किएपछि भूमिगत स्थानमा फसेका १९ जना चिनियाँ कामदार मृत फेला परेका छन।

 उत्तरपश्चिम चीनको सुदूर छिंगहाई प्रान्तको चाईदेर खानीमा २१ जना मानिसहरु काम गरिरहेका थिए। गत साउन ३१ गते खानीको छत अचानक ढलेर उनिहरु भूमिगत स्थानमा फसेका थिए। यसैक्रममा केही दिन पछि कामदारहरु मध्ये एक जनाको जीवितै उध्दार गरिएको थियो भने एकजना कामदारको शव फेला परेको थियो। सोमबार अन्य कामदारको शवहरु बरामद भएको थियो।

 सोमबार बिहान सबेरै शवहरु फेला परेपछी त्यहाँ जारी उद्धार कार्य समाप्त भएको छ। करिब ३० दिनसम्म चलेको उध्दार प्रयासमा १ हजार भन्दा बढि मानिसहरु सहभागी भएका थिए। कामदारहरु ३ हजार ८ सय मिटर भन्दा बढीको उचाईमा भयावह अवस्थामा काम गरीरहेको थिए। 

गत फेब्रुअरीमा चीनमै सुन खानीमा विस्फोट हुँदा १० जनाको मृत्यु भएको थियो।


 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal