भ्लादिमिर पुटिनको परीक्षा- चुनावपछि शक्तिशाली कायम रहलान्?


नेपालन्युज
बिहीबार , ३१ भाद्र , २०७८

रुसमा शुक्रबार संसदका लागि आम निर्वाचन हुँदैछ। केही मतदाताले ‘सत्तारुढ युनाइटेड रसिया’ पार्टीको नै जित हुने दाबी गरेका छन्। यद्यपि यो पार्टीको पहिलेको तुलनामा लोकप्रियता खस्केको छ। 

युनाइटेड रसिया पार्टीको स्थापना राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००० मा सत्तामा आएपछि निर्माण गरेका हुन्। उनले यस पार्टीलाई प्रमुख संसदीय शक्तिमा रुपान्तरण गर्ने उद्देश्यसहित स्थापना गरेका थिए।

वर्तमान रुसी सत्ताको सबैभन्दा चर्को आलोचक एलेक्सी नाभाल्नीलाई गत जनवरीमा जेल सजाय दिइएपछि युनाइटेड रसिया पार्टीमाथि उनले तिब्र आक्रोश जनाए। त्यसलगत्तै नाभाल्नीको पार्टीका देशभरका राजनीतिक कार्यालयहरु तोडफोड गरियो। युनाइटेड रसिया पार्टीलाई बहुमत जनताको समर्थन रहेको दाबी गरे पनि यस पार्टीप्रति आम जनताको समर्थन खस्कदै गएपछि सत्तारुढ नेताहरुलाई टाउको दुखाई भएको छ।

आफ्नो छबिमा सुधार ल्याउन राष्ट्रपति पुटिनले आफ्ना सबैभन्दा लोकप्रिय मन्त्रीहरु– विदेश मन्त्री सर्गेई लाभरोभ र रक्षा मन्त्री सेर्गेई शोइगुलाई पार्टी अभियानको नेतृत्व गर्ने जिम्मा दिएका छन्। सर्वेक्षणहरुले यस पटकको संसदीय निर्वाचनमा ३० प्रतिशतभन्दा कम मात्र मतदान हुने देखाएका छन्। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal