बंगलादेशकी भूतपूर्व प्रधानमन्त्री जियाको सजाँय ६ महिनाका लागी थप


नेपालन्युज
आईतवार , ०३ आश्विन , २०७८

बंगलादेशकी भूतपूर्व प्रधानमन्त्री खालिदा जियाको सजाँय ६ महिनाको लागी थपिएको छ।

बगंलादेश नेशनलिष्ट पार्टी बिएनपीकी अध्यक्ष जियाले सो अवधिमा देश छोड्न पाउने छैनन।  पूर्व प्रधानमन्त्री जियाका परिवारका सदस्यहरुको अपीलपछि सरकारले कार्यकारी आदेशमार्फत दुई भ्रष्टाचारको मुद्दामा चौथो पटक बीएनपीकी अध्यक्ष खालिदा जियाको सजाय चौथो पटक रोकेको हो ।

बंगलादेशका गृहमन्त्री असदुज्मान खान कमलले पत्रकारहरुलाई यो कुराको पुष्टि गरेका थिए। उनले यस अवधिमा देश छोड्न पाउँदिनन। 

पूर्व प्रधानमन्त्री खालिदा जिया कोविडको महामारीको कारण षत वर्षको मार्चदेखि अस्थायी रिहाईमा छिन।  उनी यस बर्षको अप्रिलमा कोरोना भाइरसबाट संक्रमित भएपछि जटिलताहरुको सामना गरिरहेकी छिन्।उनको रिहाई को शर्तमा घरमा उपचार प्राप्त हुने र राजनीतिक गतिविधिहरु मा भाग लिने पाउने छैनन। 

बंगलादेशका कानून मन्त्रीका अनुसार उनको थप उपचारका लागि विदेश जान खालिदाले एकमात्र विकल्प भनेको आफ्नो अपराध स्वीकार गरी राष्ट्रपतिबाट माफी माग्नु पर्ने हुन्छ।

तर बीएनपीले उनी निर्दोष भएकोले उनले माफी माग्ने कुनै कारण नभएको बताइएको छ।

आगामी अक्टोबर २० मा खालिदा जिया विरुध्द मुद्दामा सुनुवाई हुनेछ। कोभिड १९ को प्रकोपको बीचमा बंगलादेशको सरकारले खालिदा जियालाई एक कार्यकारी आदेश मार्फत जेलबाट मुक्त गरी उनको जेल सजाय स्थगित गरेको थियो। खालिदा जिया त्यसैदिन जेलबाट रिहा भई ढाका स्थित आफ्नो निजी निवास गुलशनमा बस्दै आएकी थिइन्।

 खालिदा जियालाई सन २०१८ को फेब्रेवरीमा पुरानो ढाका स्थित केन्द्रीय जेल पठाइएको थियो। उनलाई तल्लो अदालतले जिया अनाथ आश्रमको भ्रष्टाचार मुद्दामा पाँच बर्ष कैद सजाय सुनाएको थियो। पछि उच्च अदालतले उनको जेल सजाय दोब्बर बनाएको थियो


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal