ट्युसन पढाएर गुजारा गर्छन् शास्त्रीय संगीतकारहरु : प्रभुराज ढकाल [भिडियो]


आज सरस्वती पूजा अर्थात् वसन्त पञ्चमी, सयौं वर्षअघिदेखि आजको दिन हनुमान ढोकाको प्राङ्गणमा तत्कालीन राजा तथा विशिष्ठ ब्यक्तिहरुको उपस्थितिमा बसन्त राग गाउने प्रचलन थियो। जुन अझै पनि जारी छ।

शास्त्रीय संगीतका विशेषज्ञ संगीत प्रवीण स्वर्गीय नरराज ढकालले आफ्नो जीवनका धेरै वर्ष वसन्त राग गाएका थिए। उनका छोरा शास्त्रीय संगीतकै ज्ञाता प्रभुराज ढकाल यसै अवसरमा नेपालन्युजको कार्यालयमा आएर वसन्त राग गाए।

बालकैदेखि शास्त्रीय संगीतमा लागेका ढकालले गत २३ वर्षदेखि काठमाडौं विश्व विद्यालयमा शास्त्रीय संगीत विषयको अध्यापन गर्दै आइरहेका छन्। उनले नर्वेमा समेत शास्त्रीय संगीत विषय अध्यापन गराएका छन्।

उनले घरमा कयौं वरिष्ठ गायक तथा संगीतकारहरुलाई सिकाउने पनि गर्छन्। उनी स्वयंले पनि शास्त्रीयका साथै सुगम संगीतका केही गीत रेकर्ड गरेका छन्।

नेपालमा शास्त्रीय संगीतलाई उचित प्राथमिकता नदिइएकामा उनी चित्त दुखाउँदै भन्छ्न - कयौं शास्त्रीय संगीतकारहरु ट्युसन पढाएको भरमा गुजारा गरिरहेका छन्।'

मुलुक संघीयतामा प्रवेश गरेसँगै नेपालका सातै प्रदेशमा संगीतका स्कुल खोल्न सरकारसँग उनले अनुरोध गरे।

भिडियो अन्तर्वार्ता हेर्नुस्:


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes