बाहुबली अभिनेता प्रभास अभिनित नयाँ फिल्मको टिजर सार्वजनिक भएको छ । राधेश्याम फिलमको टिजर सार्वजनिक भएसँगै प्रभासको चर्चा सामाजिक सञ्जालमा झनै बढेको छ ।
टिजरमा प्रभासलाई रोमान्टिक हिरोको रुपमा देखाइएको छ । सधैं एक्सनका रुपमा प्रभासलाई देख्दै आएका समर्थकहरुले उनको यो अन्दाजलाई निकै मन पराइराखेका छ्न ।
फिल्म निर्माण टोलीका अनुसार यो फिल्मको एउटा दृश्य खिच्न करिब साढे दुई करोड लागत खर्च भएको छ । दृश्यमा देखाइएकाे रेल्वे स्टेशनमा प्रभासले रोमान्टिक अन्दाजमा हिरोइनलाई बोलाउँछन् । जुन दृश्य खिच्न साढे दुई करोड लागत लागेको हो ।
उक्त दृश्य हैदराबादको अन्नपूर्ण स्टुडियोमा गरिएको थियो । कला निर्देशक रविन्द्र रेडीका अनुसार ३० जना २५० जनाले लगातार एक महिना काम गरेका थिए । सुरुवा यो दृश्य इट्ली गर्ने भनिए पनि कोरोना महामारीका कारण भारतमै गर्नुपेको थियो ।
फिल्म ३० जुलाईमा रिलिज हुँदैछ ।