'धेरै गाह्रो छ संगीतमा लागेर परिवार पाल्न' [भिडियोसहित]


संगीतमा अनवरत रुपमा लाग्नु त्यति सजिलो छैन। संगीतमै पूरै जीवन दिएर यसको साधना गर्नुपर्छ। यस्तो अवस्थामा पनि नेपालमा अहिलेसम्म संगीतमा लागेर परिवार पाल्नु त्यति सजिलो नभएको लामो समय सांगीतिक क्षेत्रमा विताएकाहरु नै बताउँछन्।

मदनसिंह नेपाली काठमाडौंको डिल्लीबजारका रैथाने, उनले आफ्नो जीवन नै संगीत क्षेत्रमा बिताए। तर आज पनि संगीतको भरमा घर चलाउन कठिन भएको उनको अनुभव छ। अझ प्रविधिले गर्दा गीत रेकर्डिङ गर्दा गाउने र बजाउनेको भेटै नहुने अवस्था आएकोलाई उनी राम्रो मान्दैनन्।

२०३४ सालमा स्वरसम्राट स्वर्गीय नारायण गोपालको स्टेज सोमा गिटार बजाएर सांगीतिक यात्रा सुरु गरेका उनले स्वर्गीय नारायण गोपाल, स्वर्गीय तारा देवी, गुलाम अलि, डेनी डेन्जोम्पालगायत सयौं कलाकारका गीत रेकर्डिङमा गिटार बजाए।

स्वदेश तथा विभिन्न देशमा आयोजित स्टेज सोमा उनको सक्रियता रहँदै आएको छ। उनले कयौं गीत कम्पोज गर्नुका साथै संगीत एरेन्जरका रुपमा समेत काम गर्दै आएका छन्। मिठो स्वरका धनी मदनसिंह गाउन पनि पछि पर्दैनन।  उनले सुकमित गुरुङसँग गाएको रेलीमाई रेलीमाई आजपनि उत्तिकै लोकप्रिय छ। उनी गत वर्ष रेडियो नेपालको संगीत शाखाको प्रमुखबाट अवकास पाए पनि संगीतिक क्षेत्रमा सक्रियता कायमै राखेका छन्। 


भिडियो अन्तर्वार्ता हेर्नुस्:


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes