बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानको जन्म दिएकी छन्। करिनाले आज छोरालाई जन्म दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
उनले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा छोराको जन्म दिएका हुन्। घरमा नयाँ छोराको आगमनसँगै अभिनेतासमेत रहेका करिनाका पति सैफ अलि खानले खुसियाली मनाएका छन्।
करिनाले यसअघि पनि छोराको जन्म दिएका थिए। सन् २०१६ जन्मिएका छोराको नाम तैमुर राखेका छन्।