टिभी रियालिटी शो ‘बिग बोस’को उपाधि रुबिना दिलेकले जितेकी छन्। आइतबार भएको १४ संस्करणको फिनालेमा उनले उपाधि जितेकी हुन्। उपाधि जितेसँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारेकी छन्। बिग बोसको फस्ट रनरअप भने राहुल वैद्य भए।
बिग बोसका प्रस्तोता सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि सबै प्रतियोगीहरुलाई १४ लाख रुपैयाँ लिएर शो छोड्नसक्ने विकल्प दिएका थिए। ३० सेकेण्डको समय दिइएको उक्त समयमा राखी सावन्तले मात्र शोबाट विदा लिने निर्णय लिएकी थिइन्।
उपाधि विजेता रुबिना ‘छोटी बहु’ नामक टेलिसियलका चर्चित अनुहार हुन्।