स्मृति

दरवारमा संगीत सुनाउने दृष्ट्रिविहीन वादकको ५ दशकको सांगीतिक यात्रा


नेपालन्युज
मंगलवार , २५ फाल्गुन , २०७७

आफैमा शारिरीक असक्तता थियो मोहन सुन्दरको । तर उनको सांगीतिक यात्राले करिव आधा शताव्दी पुरा गर्यो । उनको संगीतले राजा, राजपरिवारका सदस्य मात्र होइन आमस्रोतानै मोहित हुने गर्दथे । तर मोहनले ८० वर्षको उमेरमा हामीलाई छाडेर जानु भयो । उनको उपचारका क्रममा काठमाडौंकै एक अस्पतालमा मृत्यु भयो । 

शास्त्रीय संगीत सिक्न ठूलो साधना चाहिन्छ। यसकालागि धेरै समय र ईच्छा शक्ति खर्चनु पर्दछ। शास्त्रीय संगीतको दाँजोमा सुगम संगीत सिक्न सजिलो छ। तापनि नेपालमा शास्त्रीय संगीत बिधा सुगम संगीतको तुलनामा पछि रहेको छ। यसमा लाग्नेहरुको संख्यातथा उनिहरुले प्राप्त गर्ने अवसर पनि सुगम संगीतको तुलनामा पछिनै पाईन्छ। यस्तो अवस्थामा पनि केही यस्ता नेपाली हस्तीहरु छन जसले नेपालमा शास्त्रीय संगीत बिधालाई जिवित राख्न आफ्नो जीवनका महत्वपूर्ण समय खर्चेका छन। 

तत्कालिन राजदरवारमा बिसौं वर्षसम्म शास्त्रीय संगीतकारका रुपमा तत्कालिन राजातथा राजपरिवारलाई सांगितिक श्रवण गराएका थिए

हिजो ८० वर्षको उमेरमा निधन भएका वरिष्ठ शास्त्रीय संगीत विज्ञ मोहनसुन्दर श्रेष्ठ जन्मदैं दृष्ट्रिविहिन थिए। तर संगीततर्फको उनको लगाव पुरै जीवनभरनै रहेको थियो। उनले संगीतमै करिव ५ दशक विताएका थिए। वरिष्ठ सितारवादक स्वर्गीय नारायणप्रसाद श्रेष्ठले नेपालका २ जना दृष्ट्रिविहिन युवालाई शास्त्रीय संगीतमा प्रशिक्षित गरेका थिए। उनले नरेन्द्र बाटाजुलाई सितार सिकाए। पछि उनि युरोपमा प्रशिध्द भई फ्रान्समै जीवन विताएका थिए। यसैगरी उनले अर्का चेला मोहनसुन्दरलाई सरोद नामक शास्त्रीय तारबाजा सिकाएका थिए। स्वर्गीय गायक नारायण गोपालका टोले मोहनसुन्दर पहिले गाउन शोख गर्ने भएतापनि पछि सरोज बादनमा पारङ्गत कलाकार बनेका थिए।

यो पनि पढ्नुहोस्

'धेरै गाह्रो छ संगीतमा लागेर परिवार पाल्न' [भिडियोसहित]

उनले तत्कालिन राजदरवारमा बिसौं वर्षसम्म शास्त्रीय संगीतकारका रुपमा तत्कालिन राजातथा राजपरिवारलाई सांगितिक श्रवण गराएका थिए। कतिपय अवस्थामा राजाहरुको फर्माईसमा समेत उनले धुन बजाउनु पर्दथ्यो। उनले ३० औं वर्ष काठमाडौंको अन्नपुर्ण होटलको घर ए कबाब रेष्टुरेण्टमा पनि सरोद वादन गरेको वरिष्ठ शास्त्रीय संगीत विज्ञ प्रभुराज ढकालले जानकारी दिए। उनले रेडियो नेपालतथा सांस्कृतिक संस्थानमा पनि कार्य गरेका थिए। अहिले रेडियो नेपालको लाईब्रेरीमा मोहनसुन्दरले बजाएका शास्त्रीय संगीतका धुनका टेपहरु पक्कै होलान भन्ने अपेक्षा गर्न सकिन्छ। उनले विदेशमा समेत आफ्नो कला प्रस्तुत गर्ने अवसर पाएका थिए।

यो पनि पढ्नुहोस्

ट्युसन पढाएर गुजारा गर्छन् शास्त्रीय संगीतकारहरु : प्रभुराज ढकाल [भिडियो]

मोहनसुन्दर दृष्ट्रिविहिन भएपनि उनको सांगितिक यात्रा अघि बढाउन उनकि धर्मपत्नीले सहयोग गरेकि थिईन। आफू देख्ने भएरपनि दृष्ट्रिबिहिनसंग बिबाहगरी उनले तत्कालिन समाजमा उदाहरणीय कार्य गरेकि थिईन। यसैक्रममा मोहनसुन्दरलाई बिभिन्न कार्यक्रममा जान सहयोगीका रुपमा दिनेश खडकाले साथ दिएका थिए। उनि दिनेशको हात समाउँदै हिडेर बिभिन्न सांगितिक कार्यक्रमहरुमा पुग्ने गर्दथे। त्यो गुणको बदला मोहनसुन्दरले सरोद बजाउन सिकाएर तिरेका थिए। उनले आफ्नी छोरी शर्मिलालाई पनि सितारबादनतर्फ सलग्न गराएका थिए। उनले अन्य केहीलाई पनि सरोद बजाउन सिकाएका थिए। अहिले नेपालमा करिब ७ जना राम्रो सरोद बादक जन्मिसकेको शास्त्रीय संगीत विज्ञ प्रभुराज ढकालले जानकारी दिए।

करिव २० वर्षअघि मुटुको समस्या भई ओपनहर्ट सर्जरी समेत गरेका मोहनसुन्दर पछिल्लो समय मृगौला रोगबाट समेत पिडित थिए। यसरि हामीले हिजो नेपाली शास्त्रीय संगीतको हस्तीलाई गुमाएका छौं तर उनले सांगितिक क्षेत्रमा लगाएको गुण भने अमर भैरहने छ।


राजु सिलवाल

राजु सिलवाल


सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal