बलिउड अभिनेत्री दीपिका पादुकोनले एकपटक फेरि अमिताभ बच्चनसँग फिल्म गर्ने भएकी छन्। उनले हलिउड फिल्म द इन्टर्नको हिन्दी रिमेक बनाउने घोषणा गरेकी छन्। जसमा उनले अमिताभसँग अभिनय गर्नेछिन्।
यसअघि यी जोडी पिकुमा देखिएका थिए। दीपिकाले फिल्म घोषणा गर्दै लेखेकी छन्- मेरो सबैभन्दा राम्रो सहकलाकारसँग अभिनय गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो। द इन्टर्नको भारतीय रुपान्तरणको लागि अमिताभ बच्चनलाई स्वागत गर्न चाहन्छु।
फिल्मलाई अमित रविन्द्रनाथ शर्माले निर्देशन गर्नेछन् भने निर्माताका रुपमा दीपिका र सुनिर खेतरपलले रहनेछन्।