कोरोनाले खोसिदियो 'सुप्रवल जनसेवाश्री तृतीय पदक' थाप्ने अवसर


गायक तथा संगीतकार जगतमर्दन थापा बुढ्यौलीका बेला संगीत क्षेत्रमा निक्कै सक्रिय रहे। ८३ वर्षको उमेरमा पनि उनले स्टुडियोमा गीत रेकर्ड गर्ने र नयाँ-नयाँ गीत तयारी गर्ने काममा आफूलाई व्यस्त बनाएका थिए।

२० को दशकका चर्चित गायक थापा आफ्नो जागिरे जीवनमा व्यस्त भएका कारण संगीतमा लागिरहन सकेनन्। उनले सरकारी सेवाबाट अवकास पाएपछि शास्त्रीय संगीतज्ञ प्रभुराज ढकाललाई गुरु थापेर पुनः गाउने अभ्यास गर्न थाले।

उनले भारतीय गायिका उषा मङ्गेशकरदेखि नातिनी पुस्ताका अन्जु पन्तलगायतसँग युगल गीत गाउन भ्याए। वर्षेनिजसो उनको अल्बम निस्कने गर्थ्यो। हरेक वर्ष उनले स्टेमाज सो गरेर आफ्ना गीत प्रस्तुत गर्थे।

वृद्धावस्थामा पनि उनको यो सकृयतालाई देखेर नेपाल सरकारले गत संविधान दिवसको दिनमा उनलाई सुप्रवल जनसेवाश्री तृतीय पदकद्वारा सम्मानित गरेको थियो। यसरी आफ्नो कामको कदर भएकोमा उनी निकै हर्षित भइ आफ्नो कामलाई निरन्तरता दिएका थिए। तर विडम्बना कोरोना संक्रमणले अन्य कयौं नेपालीलाई नछोडेजस्तै उनको पनि कोरोनाका कारण दुःखद निधन भयो। हुन त उनले कोरोनालाई जितेर पुनर्जीवन पाएका थिए। तर कोरोनाका कारण थलिएको उनको ज्यानले विश्राम लिएरै छाड्यो।

महाराजगञ्जमै जीवन विताएका जगतमर्दनले शितल निवासमा पदक थाप्ने अवसर पाएनन्। आज उनका एकमात्र छोरा मोहितमर्दन थापाले राष्ट्रपतिबाट पदक ग्रहण गरेर आफ्नो पिताको फोटोमा समर्पण गरेका थिए।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes