वरिष्ठ गायक प्रेमध्वज प्रधानको स्वास्थ्यमा सुधार


वरिष्ठ गायक प्रेमध्वज प्रधान कोरोनाबाट संक्रमित भई उपचार गराई रहेका छन। उनको  काठमान्डौंको सुन्धारास्थित न्यूरो अस्पतालमा उपचार भैरहेको छ। संगीत समीक्षक प्रकाश सायमीले   डा. प्रवीण श्रेष्ठलाई उदृत गर्दै गायक प्रधान छिट्टै डिस्चार्ज हुने जनाएका छन।

नेपाली सांगितिक क्षेत्रमा २०२० सालपछि हालसम्म विशिष्ठ पहिचान बनाउन सफल गायक प्रधान ८३ वर्ष पुगिसकेका छन। यसपालीको असारमा उनि ८४ वर्षमा प्रवेश गर्दै छन।

अत्यन्त शादगी जीवन बिताईरहेका गायक प्रधान ८० वर्ष पार गर्दा पनि गायन यात्रा कायम राख्न सफल भैरहेका छन। हेर्दा अझै फूर्तिलो देखिने उनि बिसौं वर्षदेखि काठमाडौंका सडकहरुमा मर्निक वाक गरिरहेको भेटिने गरेका छन। अत्यन्त नम्र स्वभावका उनि विस्तारै बोल्ने तथा कसैको मन नदुखाउने स्वभावको भएको उनका सहकर्मीहरुले बताएका छन।

नेपालको पहिलो व्यवसायिक चलचित्र माईतीघरमा नमान लाज यसरि गीत भारतीय गायिका उषा मङ्गेशकरसंग गाएका प्रधानले नेपाली चलचित्र जीवन रेखामा हाँसने रहरहरु आँसुमा डुबे लगायतका  गीत गाएका थिए। उनको तारा मात्र होईन तिमीलाई जुन दाईजो दिईदिउँला, पर लैजाउ फूलहरु छोपिदेउ तारा जुन जस्ता अनगिन्ती गीत लोकप्रिय छन।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes