मिका सिंहले राखीलाई चुम्बन गरेपछि...


नेपालन्युज
बिहीबार , २७ जेष्ठ , २०७८

गायक मिका सिंह आज ४४ वर्ष पूरा भएका छन्। यसबीचमा उनले हिन्दी सिनेमा जगतमा थुप्रै हिट गीतहरु गाएका छन्। उनको गीतमा नृत्य गर्नेहरु सायद कमै होलान्। 

उनी बलिउडमा जति हिट छन्, त्यति नै विवादीत समेत बनेका छन्। सन् २००६ मा उनी पहिलोपटक विवादमा तानिएका थिए। अभिनेत्री राखी सावन्तलाई चुम्बन गरेको भन्दै उनी विवादमा तानिएका थिए।

आफ्नो जन्मदिनमा उनले राखीलाई पनि बोलाएका थिए। त्‍यही बेला उनले राखीलाई चुम्बन गरेपछि विवाद सुरु भएको थियो। त्योबेला यी दुईबीचको चुम्बनको भिडियो भाइरलसमेत बनेको थियो। त्यही चुम्बनलाई लिएर राखीले उजुरी दर्ता गरेकी थिइन्। 

त्यस्तै मिका सिंहलाई 'हिट एन्ड रन' मुद्दा पनि लागेको थियो। उनले अटोलाई ठक्कर दिएको आरोप उनीमाथि लागेको थियो। उक्त दुर्घटनामा अटोमा सवार रहेकाहरु घाइते भएका थिए।

उनीमाथि सन् २०१८ मा १७ वर्षीया ब्राजिलियन मोडललाई यौन शोषण गरेको आरोपसमेत लागेको थियो। मिकामाथि दुबईमा उजुरीसमेत परेको थियो।

उनले लाइभ कन्सर्टका दौरान एक डाक्टरलाई थप्पडसमेत हानेका थिए। त्यसबेला पनि उनीमाथि उजुरी परेको थियो। उनीमाथि कस्टम चोरीको आरोप पनि लागेको थियो। जसका कारण उनलाई प्रहरीले नियन्त्रणमासमेत लिएको थियो।

यतिबेला भने मिका कमाल राशिद खानसँगको झगडाका कारण चर्चामा छन्। कमालले मिकालाई लुक्खा सिंगर भनेपछि विवाद सुरु भएको हो।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal