अक्ष्य कुमार अभिनित बेल बटम विश्वभरि एकसाथ प्रदर्शनमा आउँदै


नेपालन्युज
मंगलवार , ०१ असार , २०७८

अक्ष्य कुमार अभिनित बेल बटमको रिलिज मिति सार्वजनिक भएको छ। अक्ष्य कुमारले सामाजिक सञ्जालबाट रिलिज मिति सार्वजनिक गरेका हुन्।

जसअनुसार २७ जुलाइ २०२१ मा यो फिल्म रिलिज हुँदैछ। अक्ष्य कुमारका अनुसार यो फिल्म विश्वभरिका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने छ।

'मलाई थाहा छ तपाइँहरु बेलबटमको तीव्र प्रतिक्षामा हुनुहुन्छ। यो फिल्मको रिलिज मिति घोषण गर्न पाउनु योभन्दा खुसीको कुरा केही हुन सक्दैन,' उनले भनेका छन्।

खासमा यो फिल्म २०२० मै रिलिज गर्ने भनिएको थियो। तर लकडाउनका कारण फिल्मको सुटिङसमेत प्रभावित भएको थियो।

लकडाउनपश्चात भने यो फिल्मको सुटिङ सकाइएको थियो। फिल्मलाई लकडाउनका बावजुद विदेशमा पनि सुटिङ गरिएको छ।

फिल्ममा वाणी कपुर, लारा दत्ता र हुमा कुरेशीको अभिनयसमेत रहेको छ। फिल्मलाई रञ्जित एम तिवारीले निर्देशन गरेका छन्। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal