पल शाहको थारु म्युजिक भिडियो सार्वजनिक


नेपालन्युज
मंगलवार , ०५ श्रावण , २०७८

अभिनेता पल शाहको तेस्रो थारु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। तोहर प्यार मे बोलको गीतमा उनले थारु मोडेल जेसिका चौधरीसँग अभिनय गरेका छन्।

पल शाहले यसअघि पहाडी बठिनिया र दिन गिन गिनकेमा अभिनय गरेका थिए। दुवै गीत युट्युबमा हिट छन्।

नरेश जोगी र अन्नु चौधरीको स्वर रहेको तोहर प्यार मे गीतको म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्। नवराज उप्रेतीको छायाँकन रहेको गीतलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।

गीतमा नरेशकै शब्द संगीत रहेको छ भने गणेश चौधरीको अरेन्ज रहेको छ। लोकेन्द्र राज चौधरीको प्रस्तुती रहेको गीतको भिडियोलाई सेबिल इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal