भारतीय जनता पार्टीद्वारा डा बाबुराम भट्टराईको विरोध


नेपालन्युज
बुधबार , ०६ श्रावण , २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको ट्वीटप्रति भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालाले आपत्ति जनाएका छन् । हिन्दुको विश्वास र अनुष्ठानहरुको अपमान गरेको चौथाईवालाले आरोप लगाएका छन् । ‘प्रिय बाबुरामजी यो स्पष्ट छ कि तपाईं र तपाईंको सहपाठीहरुले इदको अवसरमा हिन्दु विश्वास र अनुष्ठानहरुको अपमान गर्नुभएको छ ।’ 

भट्टराईले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दुध चढाएको तस्बिर सेयर गर्दै ट्विटरमा विश्वास खतरनाक कुरा हो। यसले दुध फालिदिन्छ र पिसाब पिउँछ लेखेका थिए।   

 यसअघि आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईप्रति कडा प्रतिवाद गरेका थिए। भारतीय नेताहरुले नदीमा दुध चढाएकोमा डाक्टर भट्टराईले ट्विटरमा  विश्वास भनेको खतरनाक कुरा भएको बताउँदै दुध मिल्क्याउने तथा गहुँत खाने गरिने भनि टिप्पणी गरेका थिए। त्यसको जवाफमा  

राप्रपा अध्यक्ष कमल थापाले डा.बाबुराम भट्टराईलाई  तपाईं आफूले खोलामा मान्छेको रगत बगाएको, मरेको लास र जिउँदो मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो ? भनि धारणा व्यक्त गरेका थिए।

 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal