शिल्पा सेट्ठीका पतिले पोर्न भिडियो बनाएर दिनमै कमाउँथे ८ लाख


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

पोर्न फिल्म निर्माण गरेको आरोपमा पक्राउ परेका शिल्पा सेट्ठीका पति राज कुन्द्राले एक दिनमै ८ लाखसम्म कमाउने गरेको खुलेको छ। 

मुम्बई क्राइम ब्रान्चका अनुसार ब्यापारीसमेत रहेका कुन्द्राले दिनमै ६ देखि ८ लाखसम्म रुपैयाँ कमाउँथे। उनको मोबाइलमा हरेक दिन उक्त रुपैयाँ डिपोजिट हुने गरेको प्रहरीको भनाइ छ।

सुरुवाती चरणमा दुई तीन लाख कमाइ गरेको कुन्द्राको कम्पनीले पछिल्लो समय पोर्नोग्राफी कन्टेन्ट बेचेर लाखौं कमाउने गरेका थिए। प्रहरीले कुन्द्राको विभिन्न बैंक खातामा रहेको साढे ७ करोड रुपैयाँ जफत गरेको छ। 

यो मुद्दामा कुन्द्रासँगै अन्य ११ जनालाई प्रहरीले हिरासतमा लिएको छ। गत १९ जुलाइमा पक्राउ परेका कुन्द्रालाई अदालतले २३ जुलाइसम्म हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।

यो पनि पढ्नुहोस्

अभिनेत्री शिल्पा शेट्टीका पति अश्लिल फिल्म निर्माणको अभियोगमा पक्राउ


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal