यसपाली तिहारमा दिल्लीमा पटाका पडकाउन नपाईने


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

भारतको राजधानी दिल्लीमा आगामी तिहारको बेला पटाका पडकाउन प्रतिबन्ध लगाईएको छ।

दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालले सो घोषणा गरेका हुन। उनले प्रदुषणलाई ध्यानमा राखेर दिल्लीमा पटाकाको विक्री, भण्डारण तथा उपयोग गर्न पूर्ण प्रतिवन्ध लगाईएको छ। केजरीवालले आफनो ट्विट सन्देशमा पछिल्ला ३ सालदेखि दिपावलीका समयमा दिल्लीको प्रदुषणको खतरनाक स्थिति देखेर अघिल्लो बर्षहरुमा जस्तै यसपाली पनि सबै प्रकारका पटाकाको भण्डार विक्री र उपयोग गर्न पूर्ण बन्देज लगाईएको कुरा उल्लेख गरेका छन।

मुख्यमन्त्री केजरीवालले अघिल्लो वर्ष व्यापारीद्वारा पटाका भण्डार गरेको देखेपछी प्रदुषणको गम्भीरतालाई ध्यान दिई पूर्ण प्रतिबन्ध लगाईएको जनाउँदै जसबाट व्यापारीहरुलाई नोक्सान भएको स्मरण गरेका छन।

उनले यो वर्ष तिहारमा पटाकालाई पूर्ण प्रतिबन्ध लगाईएको हुनाले कुनै प्रकारले भण्डार नगर्न पनि उनले व्यापारीहरुलाई अपिल गरेका छन। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal