वैदेशिक रोजगारीको शिलशिलामा विदेश गएका नेपालीहरुले विभिन्न कारणले ज्यान गुमाउने गरेका छन् ।
आइतबार मात्रै विदेशमा ज्यान गुमाएका १७ जनाको शव नेपाल आएको छ । मलेसियाबाट मात्रै १२ जना गरी एकैदिन १७ जनाको शव नेपाल आइपुगेको हो ।
कतारबाट २ र टर्कीबाट ३ जनाको शव नेपाल ल्याइएको विमानस्थल कार्यालयले बताएको छ ।