नेपाली अभिनेता भुवन केसीका ड्रिम प्रोजेक्टका भारतीय निर्देशकको निधन


नेपालन्युज
शुक्रबार , ३१ बैशाख , २०७८

नेपाली अभिनेता भुवन केसीका ड्रिम प्रोजेक्टका भारतीय निर्देशकको निधन

भारतीय फिल्मका लेखक तथा निर्देशक सुबोध चोपडाको मुम्बईमा निधन भएको छ। विभिन्न भारतीय फिल्ममा आबध्द रहिसकेका चोपडा नेपाली अभिनेता तथा निर्माता भुवन केसीले निर्माण गर्ने लक्ष्य राखेका माईतीघर२ को निर्देशन गर्नेक्रममा थिए। नेपाली चलचित्रमा पहिलो ब्यबसायिक चलचित्र मानिएको माईतीघर चलचित्र पनि मुम्बईकै निर्देशक बिएस थापाले निर्देशन गरेका थिए। उनको निधन प्रति अभिनेता तथा चलचित्र निर्माता भूबन के.सी. सामाजिक सन्जालमा लेख्छन -

 कोभिडका कारण भारतीय फिल्मका लेखक तथा निर्देशब सुबोध चोपडाको मुम्बईमा निधन भएको खबरले स्तब्ध भएको छु । ‘माइतीघर २’ उहाँको ड्रिम प्रोजेक्ट थियो र यो महामारी सकिने बित्तिकै यसको काम थाल्ने भनेर केही दिन अघि मात्र पनि कुरा भएको थियो । तर, अचानक यस्तो दुःखद खबर सुन्दा विश्वास गर्न पनि सकिइरहेको छैन । ‘माइतीघर २’ उहाँको प्यासन प्रोजेक्ट भएकाले श्रद्धाञ्जली स्वरुप भए पनि यो फिल्म पूरा गर्ने वाचा गर्दछु । परिवारमा धैर्यधारण र सुबोधजीमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

अभिनेता भुवन केसीले आफ्ना छोरा अभिनेता अनमोल केसी सहित आफूले भारतीय निर्देशक चोपडासंग खिचेको फोटोपनि सार्वजनिक गरेका छन।

 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal