ओलम्पिकमा गएका सांसदको प्रश्न- नेकपा एमाले कस्तो पार्टी बनाउने ?


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

नेकपा एमालेका माधव नेपाल पक्षीय सांसद जीवनराम श्रेष्ठले सबाल दोस्रो अध्यक्षको नभइ नेकपा एमाले कस्तो पार्टी बनाउने भन्ने भएको बताएका छन्।

पार्टी अध्यक्ष  केपी ओलीको प्रस्तावका सन्दर्भमा प्रतिकृया व्यक्त गर्दै उनले पार्टी कुन विधिमा चलाउने भन्ने हो भनि प्रश्न गरेका छन्। उनले यो प्रतिकृया जापानबाट गरेका हुन्।

जापानमा भोलिदेखि हुन लागिरहेको ओलम्पिकमा नेपाल ओलम्पिक कमिटीका अध्यक्षका हैसियतले सहभागी हुन टोकियो पुगेका सांसद श्रेष्ठले जापानबाटै प्रतिकृया व्यक्त गरेका हुन्।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रतिनिधि सभामा विश्वासको मत हालेर उनी जापानतर्फ प्रस्थान गरेका थिए। उनले आफू ३६ घण्टापछि जापान पुगेको जानकारी दिएका थिए।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal