कुवेतमा तीन जना नेपाली श्रमिकको मृत्यु


नेपालन्युज
शुक्रबार , ०८ श्रावण , २०७८

कुवेतमा तीन जना नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङका अमिर तामाङ, धनकुटाकी सुमित्रा तामाङ र सिराहाका राजिउल्लाह मोहम्मद छन् । लमजुङका २५ वर्षीय तामाङको आफ्नो कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो ।

कुवेतस्थित नेपाली दूतावास स्रोतका अनुसार मृतक तामाङ गत वर्षको नोभेम्बरमै घर फर्किनको लागि कम्पनीबाट पासपोर्ट लिएर हिँडेको र गैरकानुनी रुपले कुवेतमै बस्दै आएका थिए । मृतक तामाङ ५ वर्ष अघि रोजगारीका कुवेत पुगेका थिए।

यस्तै, धनकुटाकी सुमित्रा तामाङले आफू बस्ने कोठामा रहेको पंखाको सिलिङमा झुण्डिएर आत्महत्या गरेकी हुन्। घरेलु महिलाको रुपमा कार्यरत तामाङले कुवेतको साल्मियामा रहेको घरमालिकको अपार्टमेन्टमा आत्महत्या गरेको कुवेत प्रहरीले जनाएको छ।

उनी गैरकानुनीबाट हुँदै त्यहाँ पुगेर लेवनानी नागरिकको घरमा कार्यरत थिइन् । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal