हङकङमा हाइकिङ गएका २३ वर्षीया नेपाली युवतीको मृत्यु


नेपालन्युज
आईतवार , १० श्रावण , २०७८
तस्बिर सौजन्य : एचके नेपाल डटकम

हङकङमा हाइकिङ गएकी २३ वर्षीया नेपाली युवतीको शनिबार साँझ मृत्यु भएको छ। चुन वानमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको एजेन्सीहरुले जनाएका छन्। मृत्यु हुनेमा युन लङमा बस्ने २३ वर्षीया नेपाली युवती बिनिता गुरुङ (नेहा) रहेकी छन्।

उनीहरु दुई जना हाइकिङ गएको बताइएको छ। साथी बेपत्ता भएपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउन साथ त्यहाँ पुगेको उद्धारकर्मीले बेपत्ता भएकी विनितालाई अचेत अवस्थामा पानीमुनि फेला पारेका थिए।

उनलाई प्राथमिक उपचारसहित तत्कालै एम्बुलेन्समा हालेर यान चाई अस्पताल लगिएको थियो। चिकित्सकले विनितालाई अस्पतालमा मृत घोषित गरिएको हो।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal