न्यूयोर्कमा आँधी र बाढीमा परि तीन नेपालीको मृत्यु


नेपालन्युज
शुक्रबार , १८ भाद्र , २०७८

अमेरिकाको न्यूयोर्कमा आइडा नामक आँधी र बाढीमा परि तीन जना नेपालीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उहाँकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन् ।

 हालसम्म उक्त आँधीमा परि ज्यान गुमाउनेहरुको संख्या ४० पुगेको छ । देशको पूर्वोत्तर भागमा अचानकको बाढी र आँधीबेहरीको चपेटामा परी ४० जनाभन्दा धेरैको ज्यान गएको हो । अहिले न्यूयोर्क र न्यूजर्सी राज्यमा अस्वाभाविक वर्षा भइरहेको छ।

समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा भएको हो ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal