कोरियामा नेपाली कामदार पठाउन प्रकृया छिटटै सुचारु गरिने


नेपालन्युज
सोमबार , २८ भाद्र , २०७८

दक्षिण कोरियामा नेपाली कामदार पुन पठाउने विषयमा आवश्यक गृहकार्य गरी प्रकृया छिटटै  सुचारु गरिने भएको छ।

ईपिएस अन्तर्गत हालसम्म ६५ हजार भन्दा बढी नेपाली युवा कोरिया पुगिसकेका छन। नेपाली कामदार कर्तव्यनिष्ठ ईमान्दार, लगनशील र मेहनति भएकाले कोरियन रोजगारदाताको छनौटमा उच्च प्राथमिकतामा पर्ने गरेका छन। विश्वभरी महामारीका रुपमा फैलिएको कोभिड १९ को कारणले विगतमा लकडाउन भई अन्तराष्ट्रिय उडान समेत बन्द भएकोले कोरियामा नियमित तथा कमिटेड कामदारहरुको उडान प्रकृयाय रोकिएको करिव १९ महिना भन्दा बढि भैसकेको छ। महामारीका कारण कोरियाली सरकारले नेपाल लगायत अन्य देशबाट समेत कामदार भित्र्याउन रोक लगाएको छ।

प्रकृया सुचारु गर्नका लागि नेपाल सरकारका तर्फबाट विभिन्न चरणमा एचआरडी सर्भिस अफ कोरिया समक्ष प्रयास भैरहेका छन।

यसै सन्दर्भमा हाले वैदेशिक रोजगार विभागका महा निर्देशक दिपक काफ्ले र ईपिएस नेपाल सेण्टरका नेपाल प्रतिनिधि किम युन डकबीच प्रकृया सहजिकरणका बारे कुराकानी भएको थियो।

व्दिपक्षीय छलफल जारी रहने बताईएको छ। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal