अम्बिका न्यौपाने
विश्व जनजीवनलाई एउटा सानो घेरामा बाध्न सफल मानव विज्ञानलाइ नै चुनौती दिदैँ शक्तिशाली राष्ट्रहरुलाइ समेत धौ धौ पार्दै फैलिएको यो महामारी (कोरोना भाईरस) को सामना गर्न हाम्रो जस्तो विकास उन्मुख राष्ट्रको लागी वास्तबमै अतुलनिय चुनौती हो। विश्वमै सन्त्रास थप्दै फैलियको यो महामारीको चेन सरकल लाई रोक्नको लागिीगरिीको लकडाउनले सङ्क्रमण केही हद सम्म रोक्न सफल भएता पनी यो निवारण भने पक्कै हैन।
लकडाउन सम्पुर्ण रुपमा हटाउँदा सङ्क्रमण फैलियर सोत्तर हुने अवस्था लकडाउन कायम राखौ त दैनिक ज्यालादारी मजदुरको आत्मविदारक दैनिकी,भर्खर सुरु भएको विकासको पाइला र राज्यको सम्पुर्ण अर्थतन्त्र नै ध्वस्त हुने अवस्थामा बिचलीत हुदै छ सरकार, तर पनी यो चुनौतिको अवस्थामा आफ्ना जनताको संरक्षण गर्नु राज्यको पुर्ण दायित्व हो । बैदेसिक भुमिमा रहेका नागरीकले आफ्नो देश फर्कन चाँहदा,म मेरै देश फर्कन्छु भन्दा कुनै हालतमा पनि आफ्ना नागरीक को संरक्षण गरी स्वदेस फर्काउनु पर्ने प्रथम दायित्व राज्यको हुन्छ।
तत्कालिन अवस्थामा नेपालको कुल जनसंख्याको लगभग अठार प्रतिशत अर्थात ५५ लाख युवा जनशक्ति वैदेसिक रोजगारीमा विदेश पलायन हुने गरेको तथ्याङक छ।
आफ्नो श्रम र युवा अवस्था विदेशि भुमिमा श्रम बेचेर भित्रिएको रेमिट्यान्सले तत्कालीन अर्थतन्त्रमा केही टेवा पुगेको पक्कै हो तर विकास उन्मुखताको लागि बैदेशिक रोजगार हानीकारक अवस्य सिद्द हुनेछ। विकासको लागि हामीलाइ प्रकृतिलेनै समृद बनाउँदा पनी,सदुपयोग गर्न नसकि विश्व बजारमा रुमलिनु पर्ने बाध्यता लाइ चिर्दै आफ्ना जनशक्तिलाइ राज्यमानै प्रयोग गराउनको लागि राज्यले ठोस निती योजना ल्याउनु पर्ने बेला आइसकेको छ। यो अवस्था कोरोनाले सृजना गरेको छ।
कुनै पनि राज्य विकासको गतिमा लम्कनको लागि दक्ष जनशक्तिको आवश्यक्ता पर्दछ र दक्ष जनशक्ति तिनै हुन जसले राज्यलाइ योगदान दिन सक्दछन् उक्त जनशक्ति गाउँनै खाली गरी विदेश पलायनले न त दिर्घकालीन रुपमा गरिबीको निवारण हुन सक्छ न त देशले काँचुली फेर्न सक्छ।
हो यो अवश्था चुनौति पुर्ण छ तर असम्भव पक्कै छैन,साथ साथै आफ्ना जनता माथि राज्यको दायित्व,राज्यले निभाउनु पर्ने भुमिका कै आधारमा राज्य प्रति जनताको विश्वास र उत्तरदायित्व लाइ उजागर गराइ देशप्रेम लाइ प्रत्येक नागरिकको आत्ममा स्थापित गराउन सक्नु लाई नै कुसल नेतृत्व मान्न सकिन्छ।
राज्यले चाहेर पनि बैदेशिक रोजगारलाइ दुरुत्साहन गर्न नसकेको त्यो अवस्थामा आज ति जनशक्तिलाइ राज्यमा फर्काउने अवसर आएको छ, राज्यले यो अवसर लाई दिर्धकालिन देश विकासको योजना तयार गरेर आफ्नै देशमा ति जनशक्तिलाइ स्थापित गराइ राज्यमा भएको श्रोत र साधन परिचालनमा लगाउन सक्ने हो भने यो चुनौतिको बेलामा देखा परेको टट्कारो बिपत्तीलाई चुनौति मात्र हैन अवसर पनि हो भन्न सकिने स्पस्ट बाटाहरु देखिन्छन्।