सोचे जस्तो हुन्न जीवन


नेपालन्युज
बुधबार , १७ मंसिर , २०७७

कृष्णमणि पराजुली

माथि लेखिएको बाक्यांश कुनै गीतको एउटा टुक्रा हो । यहि सानो टुक्राले तपाई हामी सबैलाई केही मात्रामा भएपनि अर्थ दिएको छ र त्यसको अर्थ हामीहरुले बुझेका पनि छौं । जीवनलाई जीन्दगी पनि भनिने गरीन्छ । जीवन र जीन्दगीको फरकलाई कोट्याउनु भन्दा हामीले बुझि आएको अर्थलाई नै अंगाल्नु राम्रो हुनेछ । जीबनलाई कसैले अबिरल यात्रा, कसैले दुःख सुख , कसैले उकाली ओराली, कसैले परिवारलाई राम्रो बनाउनु र नेतृत्वदायी भूमिका निभाउनु , कसैले अकुत सम्पत्ति कमाउनु भनी परिभाषित गरेका छन् । यसरी जीवनलाई भिन्न भिन्न रुप बाट परिभाषित गरिएको पाईन्छ । तर, तपाईं हामीले सामान्य अर्थमा बुझेको परिभाषा भने जन्म देखि मृत्यु नहुन्जेल सम्मको अबधिको यात्रा नै जीवन हो भन्ने बुझेका छौं ।

आध्यात्मिक चिन्तन र बैज्ञानिक दृष्टिकोण तीर घोत्लिनु भन्दा हामीलेनै बुझेको सामान्य अर्थलाई स्वीकार गर्नु उपयुक्त होला । यसैलाई केन्द्रबिन्दु बनाई यो सानो आलेख तयार गरिएको छ ।

जीवनको कुरा गर्दा यो जीवन मात्र नभई यसले धेरै कुरा समेटेको हुन्छ । अन्तर्निहित बिषय अनेक देखिन्छन् । सधै हामीलाई जिज्ञासा भई रहने बिषय भनेको यसको उद्देश्य के होला, किन र कसरी अरुलाई सहयोग गर्ने जस्ता आधारभूत कुराले धेरैको मथिंगल रिगाएको हुन्छ नै । जे भएपनि जीवन मानबीय पक्षसंग जोडिएको हुन्छ र यसका गतिबिधि पनि मानब पक्षसंग नै घुलित भएका हुन्छन् ।

सरल अर्थमा लिईंदा यो जन्म देखि मृत्यु सम्मको अबधिमा घटित कुरालाई लिनु पर्दछ । यो अबधि भनेको जीवनको सम्पूर्णता हो । यो लामो पनि हुन सक्दछ । छोटो पनि । जति नै हामीले काम कुरा गरेका हुन्छौं, सबै यहि भित्र समाबेश भएका हुन्छन् । त्यसैले हामीले बुझ्ने भनेको कुरो नै यहि अबधि हो र हाम्रा जति नै गतिबिधि हुन्छन्, यहि सीमा भित्र भएका हुन्छन् ।

अहिले हाम्रो समाजमा जीवनलाई हेर्ने दृष्टिकोण कस्तो छ र कस्तो हुनु पर्दछ भन्ने बिषयमा पनि जिज्ञासा आउनु स्वभाबिकै हुन आउंछ । हामी सबैलाई थाहा भएकै कुरा हो , अहिले हाम्रो समाज अधोगति तर्फ धकेलिंदै गएको छ । मानिस आत्मकेन्द्रित हुंदै गएको छ । यसको अर्थ उ ब्यक्ति उन्मुख अर्थात परिवार उन्मुख बन्दैछ । यस अबस्थामा समाजले परिबर्तन ल्याउन सकेको हुंदैन । ब्यक्ति ब्यक्तिको यस प्रकारको प्रबृत्तिले मानिस मानिस बिच पनि पृथकता आउने हुन्छ र एक किसिमको हुने र नहुने समाजको बिकास भएको हुन्छ । अर्थात हुने र नहुने बर्गको बिकास भई दिन्छ । हुने बर्गले जीवनको अर्थ बुझेको हुंदैन र धन सम्पत्ति जोड्ने तिर नै लागि परेको हुन्छ । अहिले हामी बसेको समाज त्यसै दिशा तर्फ निर्देशित हुंदै गएको देखिन्छ ।

समाजमा रहेका पात्रहरुको सोचमा जबसम्म परिबर्तन आउंदैन तबसम्म समाज सकारात्मक हुन सक्दैन । हामीले समाज परिबर्तन गर्ने तर्फ बिभिन्न प्रयास गर्दै आएपनि खासै समाजले मूर्तरुप लिएको देखिदैन । अतः अब ब्यक्ति ब्यक्तिले आफूमा परबर्तनल्याई जीवनलाई सार्थक बनाउनु पर्ने हाम्रो आफ्नै अबस्थाले देखाएको छ ।

मानिसको जीवन देखि मृत्यु नहुन्जेल सम्मका कालखण्डमा उसले आफूलाई अब्बल बनाउने कोशिष गरेको हुन्छ । यसको अर्थ हो उसले आफू सरहका मानिसभन्दा पृथक भई उच्च श्रेणीमा राख्न चाहेको हुन्छ र त्यसैतर्फ आफ्ना गतिबिधि उन्मुख गराएको हुन्छ पनि । यसबाट यो बुझ्न सकिन्छकी मानिसले आफूलाई उत्सर्गमा पुर्याउन बिभिन्न सोच बनाएको हुन्छ । यी सोचहरुमा अधिकांश मानिसको बिचार भने समाजमा एक प्रतिष्ठित र संभ्राान्त भई भौतिक सुबिधा उपभोग गर्नु नै देखिन्छ ।

भिन्न भिन्न मानिसको सोच फरक फरक हुनु स्वभाबिकै हो । फरक हुनुमा बिभिन्न कारण हुन सक्ने भएपनि मुख्यरुपमा उनीहरुको उमेर, शिक्षा, परिवारको पृष्ठभूमि, कस्तो समाजमा ब्यक्ति रहेको छ आदि कुराहरुले निर्धारण गरेका हुन्छन् । तरपनि, सबै मानिसले सोचेजस्तो जीवन भने भएको हुंदैन ।

प्रत्येक मानिसले आफ्नो जीवनको सोच बनाएको हुन्छ । कसैले आफ्नो जीवनमा डक्टर बन्ने सोच बनाएको हुन्छ । कसैले ईन्जिनियर , कसैले ओकिल, कसैले राजनीतिज्ञ, कसैले बिद्वान्, कसैले शिक्षक हुने जस्ता सोच बनाएका हुन्छन् । सोच राख्दैमा हुने भने होईन । मुख्यकुरो भनेको त्यसलाई जीवनमा रुपान्तरण गर्न सक्नु नै हो ।

मानिसले राम्रा नराम्रा दुबै किसिमका सोच राख्ने गर्दछन् । नराम्रा सोच पनि कसैलाई राम्रा लागेका हुन्छन् । यस्ता सोच राख्नुमा उनीहरु जसरी भएपनि छिटो छिटो माथि पुग्ने प्रयासमा भएका हुन्छन् । यिनीहरुको प्रयास समाजलाई रुपान्तरण गर्ने नभई ब्यक्ति आफै कुमार्ग बाट अघि बढि जीवनलाई ऐस आराम बनाउन लागि परेका हुन्छन् । यस प्रकारको प्रबृत्तिको बिकासले मान्छेमा ठगी गर्ने, फट्याई गर्ने, झुट् बोल्ने जस्ता आपराधिकजन्य कार्यको बिकास भएको हुन्छ । जुन समाज र ब्यक्ति आफैको लागि पनि जीवनलाई सार्थक बनाउने कार्यको लागि हानीकारक हुन्छन् । यस्ता ब्यक्तिहरुले सोचे जस्तो जीवन हुन सक्दैन ।

अहिलेको समाज भनेको महत्वाकांक्षी समाज हो । समाजका कुनैपनि पात्र महत्वाकांक्षी हुन खोजि रहेको हुन्छ । आफ्ना सन्तानहरुलाई असल बनाउनु भन्दा जति सक्यो छिटो सम्पत्ति आर्जन गर्न सक्ने शिक्षा दिन चाहेको हुन्छ । घरको शिक्षा नै त्यस किसिमको भएकोले सन्तानहरु त्यहि लक्ष्य प्राप्त गर्ने तर्फ लागि परेका हुन्छन् । उनीहरु शिक्षा आर्जन गर्ने भन्दा धन आर्जन गर्ने तिर उन्मुख हुन्छन् । यसरी सेवा गर्ने जनशक्ति भन्दा पनि सम्पत्ति आर्जन गर्ने जनशक्तिको बिकास भएको छ ।

अर्को प्रसंग पनि त्यस्तै मिल्दो जुल्दो छ । कुनै पनि ब्यक्तिको आफूले चाहे अनुसारको परिस्थिति बन्न सकेको हुंदैन । असल बनाउंछु भन्दैमा पनि हुंदो रहेनछ । हाम्रै समाजमा अनगिन्ति उदाहरणहरु भेटिएका हुन्छन् , जहां अभिभावकले चाहे बमोजिम् हुन सकेका छैनन् । अभिभावकले राम्रो र चरित्रवान बनाउन चाहंदा चाहंदै पनि बन्न सकेका हुंदैनन् । यस अबस्थामा कतिपय युवाहरु आफ्नो थातथलो छोडेर पलायन भएका पनि छन् । र, अहिले सम्म उनीहरु लापत्ता भएका छन् पनि । बा आमाले राम्रो बनाउन चाहंदा चाहंदै पनि उनीहरुले बाटो बिगारेर अदृश्य गन्तब्य तर्फ गएका हुन्छन् , उद्देश्य बिहीन भएर । यस्तो हुनु भनेको समाजले राम्रो दिशा दिन नसक्नु र भ्रष्टिकरणले प्रसय पाउनु नै हो ।

हामीहरु कतिले आफैले अनुभव गरेका हौंला , हामीहरुले सोचे अनुसार हुन नसकेका घटना । हामीले जति राम्रो बनाउन खोजेपनि भएका छैनन् । यी असल बन्न नसक्नेहरु उल्टो आफ्नो कुण्ठा हामीहरु उपरनै पोख्ने गर्दछन् । कतिपय अबस्थामात आक्रमण गर्ने काम समेत गरेका हुन्छन् । यिनीहरु अपराध उन्मुख हुन पनि सक्दछन् । आफूले जीवनमा केही गर्न नसके पछि अरु प्रति राग, द्वेश, ईश्र्या, कुण्ठा, डाहा आदि पोख्ने कार्य गरेका हुन्छन् र उसका अभिभावकहरु पनि आफ्ना सन्तानको गतिबिधिलाई प्रश्रय दिंदै आएका हुन्छन् । यस अबस्थामा न त अभिभावक , न त उसका सन्ततीको नै सोचे अनुसारको जीवन हुन सक्दछ । अत ःसोचे जस्तो हुन्न जीवन न त अभिभावकको न त उसका सन्तानको ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal