नेपाली महिलाको शीर ठडिएको दिन


सिताराम सापकोटा

चेतनाको विकाससँगै समानता, सहभागिता अनि लैङ्गिक हिंसाको अन्त्य हुनुपर्ने माग संसारभरि उठ्दै आएको थियो। नेपाली महिलाहरु पनि लैङ्गिक हिंसाको शिकार हुनबाट अछुतो रहन सकेको थिएन त्यो समय र अहिले पनि। जापानी आरोही महिला जुन्को तापेइको पहिलो आरोहणसँगै संसारका १६ जना महिलाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरिसक्दासमेत नेपाली महिलाले त्यो आँट र साहस राख्न सकेको थिएन।

२०५० वैशाख १० गते नेपाली झण्डासहित नेपाली महिलाले सगरमाथामा चुचुरो चुम्न सफल भयो। त्यो दिन नेपाली महिलाको शीर उठेको दिन थियो। अझै पनि वैशाख १० गते अर्थात् आजकै दिन नेपाली महिला र आम नेपालीमा एउटा जीत भएको मानिँदै आएको छ। संसारले नेपाल, नेपाली, हिमाल र शेर्पालाई चिनाउन पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पापछि महिलाको तर्फबाट पासाङ ल्हामु शेर्पा नै पहिलो हुन्। नेपालीको विजयको दिन पनि २७ वर्ष विती सकेको छ। बैसाख १० लाई फाउण्डेशनले उहाँको सम्मानमा पासाङ ल्हामु दिवशको रुपमा मनाउने गरेको छ।

सोलुखुम्बुको चौरीखर्कस्थित लुक्लाको सुर्के-४ मा २०१५ मंसिर १५ गते जन्मिएकी पासाङ्ग ल्हामु इतिहास रच्न सफल भए पनि ३२ वर्षको उमेरमै सगरमाथाको सफल आरोहण गर्नुभयो। त्यो समय साक्षरताको अभाव र महिलाहरु सीमित घेरामा रहेको खुम्बु क्षेत्रमा जन्मिएकी पासाङ ल्हामुले सर्वोच्च शिखरमा पाइला टेक्ने लक्ष्य राख्नु नै महिलाले विजयको सुरुवाती थियो। समानताको आवाजलाई पुष्टि गर्न उनले गरेको योग्दान आज पनि आम नेपाली र नेपाली महिलाले संसारभरि शीर ठाडो पारेर हिँड्न पाएको छ। त्यसैले पनि आजको दिन (वैशाख १०)लाई विषेश दिनको रुपमा लिने गरिन्छ।

पासाङ ल्हामु शेर्पाको सम्मानमा २०५० जेठ २६ गते दर्ता गरी स्थापना भएको ‘पासाङ ल्हामु फाउण्डेशन’ले प्रत्येक वर्ष पासाङ प्रतिष्ठा दिवस मनाउँदै आएको छ। यो विषेश दिन भएकाले विभिन्न कार्यक्रम गरी उनको सम्मान गरिँदै आएको छ। चुच्चेपाटीमा अवस्थित उहाँको प्रतिमा फूलमाला तथा खादा अर्पण गरेर सम्मान गर्दै आएका छौं। सन् १९५३ देखि सगरमाथासँग मानव सम्बन्ध जोडिएको पाइन्छ, तर पासाङ ल्हामुपछि पनि धेरै महिलाले चुचुरो पुग्ने आँट गर्न सकेको छैन। उहाँको श्रेयले शव्द र बचनले भन्दा पनि अभ्यासले आफ्नो साहसी कदम चालेर लक्ष्यमा पुग्ने आँट गर्ने नेपाली महिला आजसम्म ४९ जनामात्र छन्। संसारभरका ४७६ जना महिला त्यो लक्ष्य पूरा गरेका छन्। उहाँले सफलताले हामीलाई सफलताको बाटोमा डोहोर्‍याएको छ भन्दा विमति हुँदैन।

आफूले लिएको लक्ष्य त पूरा गरेरै छाड्नुभयो, तर सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा हिउँ पहिरोमा परी उहाँको २०५० वैशाख १० गते असामयिक निधन भयो। तर उहाँको भौतिक शरीरलाई हामीले देख्न नपाए पनि उहाँको सम्मानमा निर्मित प्रतिमा हेरेर काफी मान्ने गर्छौ। पासाङ्ग ल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिलामात्र नभएर, देशको इज्जत र गौरवलाई अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक बनाउन साहसिक कार्य गर्ने राष्ट्रिय गौरवकी प्रतीकसमेत हुन्।

नेपाल सरकारले उहाँलाई गरेको गरेको सम्मानहरुः

१. २०५९ वैशाख ९ गते राष्ट्रिय विभूति घोषणा ।

२. नेपाल तारा अलंकारले पुरस्कृत

३. सुप्रदिप्ती मान्यवर नेपाल ताराको विभूषण प्रदान

४. हुलाक टिकट प्रकाशन

५. त्रिशुली-धुन्चे सडकलाई पासाङ ल्हामु राजमार्ग नामाकरण

६. खुम्बु क्षेत्रमा रहेको ७,३१५ मिटरको जसाम्भा हिमाललाई पासाङ ल्हामु हिमाल नामाकरण

७. काठमाडौंको चुच्चेपाटीमा पासाङ्ग ल्हामु स्मृति पार्क निर्माण गरी प्रतिमा राखिएको


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes