अम्बिका न्यौपाने
अम्बिका न्यौपाने
सोमबार , १३ बैशाख , २०७८

मनोभावना कलेक्सन (चितवन राष्ट्रिय निकुञ्ज)

नेपालको सबैभन्दा पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज बिस २०३० मा ९५२.६३ वर्ग किमि क्षेत्रफलमा स्थापना भएको हो, यस निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदिका मुख्य क्षेत्रलाइ समेटेको छ । करिब ७० प्रतिशत बनक्षेत्र सालको जंगलले ढाकेको यस निकुञ्जमा ६० भन्दा बढि किसिमका स्तनधारी जंगली जनावरहरु , ५४६ भन्दा बढी जातका चराचुरुङ्गाी र विभिन्न किसिमका कीरा फट्याङ्ग्रा पाइन्छन् । 

प्राकृतिक महत्वका बस्तुहरुको संरक्षणलाई ध्यानमा राखी सन १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्वसम्पदा सुचिमा सुचिकृत गरीएको छ । प्राकृतिक र पर्यटकिय हिसावले अत्यन्तै महत्वपुर्ण सम्भावना बोकेको यस निकुञ्जलाइ नजिकबाट नियाल्न पाउने मौका मेरो लागि अवसर झै लाग्यो । निकुञ्जमा साहाकारी भोजन नै बन्दैन भन्ने केहि शब्दावलीहरु, केहि जनमानसका निकुञ्ज प्रतिको दृष्टिकोण केहि फरक दृष्टान्तकासाथ नयाँ परिवेशमा परिस्कृत हुँदा केहि रोचकता थियो मेरो मनमा तर जसरी सामान्यतयामा निकुञ्जलाइ परिभाषित गरिन्छ वास्तविकतामा निकुञ्ज र निकुञ्जको परिवेष फरक रहेछ । राज्यले सुम्पेको जिम्मेवारीलाइ कुसलताकासाथ पुरा गर्ने दृढता, निकुञ्जको संरक्षित पशु पंक्षिहरु प्रतिको प्रेम र हार्दिकता, असहज अवस्थामापनि स्विकारीएका सरलता, अहोरात्र सेवाको दैनिकता, जिवन भन्दा पनि संरक्षित पशुपंक्षिहरुको प्राथमिकता निकुञ्ज कर्मचारीहरुको गुण हो कि झै लाग्यो ।

हरेक भौतिक शुख सुविधामा बसेर राज्यको सेवा गर्नु र जंगलको बिचमा बसेर जंगलीजनावर संग नजर मिलाएर यात्रा तय गर्नु अवश्य पनि सहज विषय हैन तर पनि अनवरतरुपमा यस निकुञ्जले संरक्षण गरी राखेका हरेक पात पतिङ्गर, किराफट्याङ्ग्रा सम्मको निकटतम समन्वयात्मक भुमिकालाई नियाल्ने हो भने निकुञ्ज प्रतिको हार्दिकता अझै प्रगाढ हुने देख्दछु ।

रमाउने शैली आ–आफ्नै हुन्छन् त्यसैले त होला मलाई चाँहि रमाउन मन लाग्यो ई संरक्षण,पात पतिङ्गर, ताल तलैया घास र घाँसे मैदान, चराचुरुङ्गी, कीराफट्याङ्ग्रा सङ्ग । हरेक शब्द फरक शब्दका अर्थ फरक कामको प्रकृति फरक सङ्गित र नैरित्य फरक । कोठामा बस्दा पनि चराचुरुङ्गी को आवाज गुन्जने सान्तजंगल एकान्त मौसम सुन्दर आकास चम्किएका ताराहरु सङ्गै टोलाउँदै थिए आवाज आयो खस्र्याखुस्रुङ् नजर डुल्यो जंगल तिर एक हुल तित्तर नाच्दै थिए म हर्षले फुरुङ्ग हुदै नियाली रहे मनमा अझै रोचकता थपियो निकुञ्ज प्रतिको प्रेम अझै चुलियो म आफु साहाकारी भएर हो कि हरेक प्रणिमा बाँच्न चाहने रहरहरुलाई जिवन्त पाउँदछु कुनै पनि प्राणिले आफु असुरक्षित भएको अनुभव गरेपछि मात्र आक्रमण गर्दछ पृथिवी सबैको साझा हो बाँच्न पाउने अधिकार सबैको समान छ भन्दै निकुञ्जले संरक्षण गरी राखेका हरेक प्राणि प्रति अगाध प्रेम थप्दै थियो मेरो मन र मस्तिस्कले ।

चितवन जिल्लाको पर्यटन विकासको महत्वपुर्ण हिस्सा ओगट्ने चितवन राष्ट्रिय निकुञ्ज सम्पुर्ण चितवन बासिन्दाको विकासको केन्द्र बिन्दु नै मान्नु पर्दछ भन्ने बिमर्ष बुन्दै थिए जंगल गस्ती जानको जागी इच्छुक हुनुहुन्छ भने जाउँ भन्नु भयो सरहरुले मैले पनि तुरुन्त इच्छा जाहेर गरीहाले हामिहरु गस्तीमा निस्कीयौ त्यो गस्ती मेरालागि चाँहि जंगल सफारी झै लाग्यो । निकुञ्ज भित्र निहुरो टिप्न र घाँस काट्न समेत प्रतिबन्ध थियो । निकुञ्जको बार्षिक बिनियोजन बजेटमा घाँसे मैदान निर्माणकोलागि पनि बजेटहुने हुँदा बिचबिचका घाँसेफाँटमा मृग गैडा चरेको दृश्य अत्यन्तै मनमोहक थिए म आफ्नै मन सङ्ग विमर्ष गर्दै थिए कति सुन्दर यि फाँट यो सिमसार यि लहरा, अनि सहरको त्यो बड्दो बस्ती जमिनको खण्डिकरण यत्र तत्त्र छरिएका अव्यवस्थित सहर उत्पादन योग्य जमिनमा निर्माण भएका गगनचुम्बि महलहरु हेर्दा नै अशोभनिय आ–आफ्नै मन मर्जि जस्तो खै कस्तो कस्तो तेसैलेत यो जङ्गल यहाँका पात पतिङ्गरले मन छोएको हुनु पर्छ मेरो भन्दै तानाबाना बुन्दै थिए सरहरुको जनावर प्रतिको बैचारीकताले मेरो मनमा अझै उर्जा थपिदै थियो । चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा समन्वयात्मक भुमिका निर्वाह गर्नु हामि सबैको दाइत्व भित्र पर्दछ । मासिकरुपमा निश्चित वेतनमा निकुञ्जको शंरक्षणको अभिभारा लिएका निकुञ्जका कर्मचारीहरुले आफ्नो जिवन र जोवनलाई सुम्पिएर संरक्षण गरि राखेको निकुञ्जको संरक्षणको लागि राज्यले खर्चेको आर्थिकताको अभिभारा केलाउने हो भने राज्यले चितवनलाई दिएको विकासको अवसर नै हो भन्दा फरक नपर्ला त्यसैले त नेपालमा आउने सबैभन्दा धेरै पर्यटक भित्रने गन्तब्य बनेको छ निकुञ्जको एउटा पोष्ट सौराहा ।

निकुञ्जको सहारामा सयौ ब्यावसाय स्थापना भएकाछन् र हजारौ ब्यक्तिले रोजगारीको अवसरहरु पाएकाछन् भने लाखौ ब्यक्तिहरु अप्रत्यक्षरुपमा निकुञ्ज प्रति आश्रित रहेकाछन भन्न सकिन्छ । निकुञ्जले प्रतक्षरुपमा संरक्षणको विशिष्टतालाई छर्लङ्पारी वातावरण, आर्थिक, धार्मिक, साँस्कृतिक, मनोभावात्मक पक्षका साथै विश्वमा नेपालको प्राकृतिक सम्पदाको अवश्थालाइ समेत उच्चतामा राख्न सफल भएको छ । 

आजसम्म पनि निकुञ्जमा अतिक्रमण,चोरि, निकासीलाइ रोक्नको लागि अनवरतरुपमा राज्य आफै लागिपर्नु परेको छ निकुञ्ज प्रतिको उत्रदायित्वमा सुन्यसहनसिलताको निति अवलम्बन गर्नु परेको छ । यो निति रहर हैन बाध्यता हो आफैलाइ जन्म दिने आमा बाबुको पुर्खेउली सम्पतीमा हानाथाप गरि आमा बाबुलाइ आश्रमामा छोड्न सक्ने, भाइ भाई बिचमानै सम्पतीकै निहुमा बोलचाल नै बन्द हुने सम्पति पाएमात्र आमाबाबु पाल्ने, भावना भन्दा आर्थिकता लाइ महत्व दिने विलक्ष्यण प्रतिभाका धनी हामिहरु आफ्नै घर मात्र मिलाएर राख्नमा त सक्षम भएका छौ जस्तो लाग्दैन मलाइ तर लाल्छन लगाएर आफु चोखिने अदभुत गुणका धनि बन्दै छौ कि जस्तो लाग्छ अचेल । निकुञ्जले केहि असहजता थपेको होला कहिँ कतै तर पनि किुञ्जको एउटा मात्र उदेश्य छ जुन संरक्षण हो ।

यो संरक्षणले पर्यावरण संरक्षणमा अथाह टेवा पुर्याएको छ । निकुञ्जको संरक्षणले पृथ्वीको जीवन्तामा थपेको योगदान बाट सम्पुर्ण जिवात्मा मा अप्रतक्ष लाभ पुगेको छ । निकुञ्जलाइ नजिकबाट नियाल्न पाउने यो अवसर मेरो लागि सौभाग्य भयो र यस क्षेत्रमा सम्लग्न सम्पुर्ण ब्यक्तित्वहरुमा मेरो हृदयदेखि नै हार्दिक नमन…।

लेखक मकवानपुर , हेटौंडामा निजामती सेवामा कार्यरत छन्

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal