आजका १० तस्विरहरु


आजका १० तस्विरहरु जहाँ शहीद पार्कमा शालिकमा माला अर्पण गर्ददेखि स्वास्थ्य शिविरमा सर्वसाधारणको भिडसम्मका तसि्वरहरुलाई समेटिएको छ । 


बागलुङ नगरपालिका–१ बाङ्गेचौरस्थित शहीद पार्कमा शालिकमा माला अर्पण गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने ।

मकवानपुरको कैलाश गाउँपालिका–८ का विभिन्न स्थानमा खेती गरिएको अफिम प्रहरीबाट फडानी । कोसाईचार, पाख्रेलगायत स्थानमा गरी कुल १३ विगाहा क्षेत्रफलमा लगाइएका अफिम र गाँजा काटेर खेतमा नै लुकाई राखेकामा ४ क्विन्टल गाँजा नष्ट गरीएको प्रहरीले जनाएको छ ।

तनहुँको व्यास नगरपालिकाको आयोजनामा बिहीबार आयोजित चौथो व्यास अल्ट्रा म्याराथनमा सहभागी धावक । व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्मको ४४ किमि दूरी म्याराथनमा १८० धावकको सहभागिता छ ।  

उदयपुरको भुटिया दह पर्यटनको आकर्षक गन्तव्य बन्दै । सुनसरीको चतरा र उदयपुरको बेल्का जोडन सप्तकोशीमा पुल बनेपछि पर्यटक पुग्न थालेका छन् । बेल्का नगरपालिकाले सो दहको प्रवद्र्धनका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको गृहकार्य गर्दै छ ।

पोखरा महानगरपालिका–८ न्युरोडस्थित वीरेन्स पार्लर एण्ड हेयर एकेडमीमा काटेर खेर गइरहेको कपाललाई पुनः प्रयोग गर्न जटा (डेट लक) बनाइँदै ।

तनहुँको व्यास नगरपालिकाको आयोजनामा शुक्रबार आयोजित चौथो व्यास अल्ट्रा म्याराथनमा प्रथम हुन सफल त्रिभुवन आर्मी क्लवका देवराज महतरा । व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्मको ४४ किमि दूरी उहाँले तीन घण्टा तीन मिनेट ५१ सेकेण्डमा पूरा गरे।

लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अलैँची कृषक तथा नेपाल अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् जिल्ला अध्यक्ष अजय तामाङ अलैँची बारीमा रमाउँदै । 

रामपुर नगरपालिका–५ भित्र बसोबास गरेका ज्येष्ठ नागरिकलाई बल्याङ्केट प्रदान गर्दै नगर प्रमुख रमणबहादुर थापा । साथमा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्य र वडा अध्यक्ष हिमाल मल्ल ।

पोखराको महेन्द्रपुलस्थित साइकलमा पत्रिका राखेर वितरण गर्न हिँडेका भैरव आले मगर । विगत २० वर्षदेखि पोखरामा पत्रिका वितरणको काम गर्दै आएका आले यसैबाट मासिक रु २५ हजार आम्दानी हुने गरेको बताउनुहुन्छ । 

शुक्लागण्डकी जेसीजले बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा आयोजना गरेको स्वास्थ्य शिविरमा उपचारका लागि आएका सर्वसाधारण । शिविरबाट ३०० भन्दा बढी लाभान्वित भएका छन् 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes