आजका १० तस्विरहरुमा लमजुङ बेँसीशहर नगरपालिका–८ को सडक ढलानमा जुट्दै महिलादेखि तनहुँको रामकोटमा धारामा पानी भर्दै स्थानीयवासीसम्मका तस्विरहरुलाई समेटिएको छ ।
लमजुङ बेँसीशहर नगरपालिका–८ को भित्र रिङरोड सडकको ढलान कार्यमा जुट्दै महिला ।
गरिब तथा असहाय ज्येष्ठ नागरिकलाई कम्वल वितरण गर्दै कैलालीको चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोका मगर ।
विसं २०७२ को भूकम्पले क्षति पुर्याएको काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा रहेका मठमन्दिर पुनःनिर्माण गरिँदै ।
शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको बिग्रिएर कार्यालय अगाडि थन्किएको गाडी ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत बगर बजार नजिकै गल्लीगाड खोला छेउमा गिट्टी कुट्दै दलित महिला । यी महिलाले गिट्टी कुटेर आएको पैसाबाट दैनिक चलाउँदै आएका छन् ।
लमजुङको राइनास नगरपालिका–१० प्यारजुङका महिला भेंडाको ऊनबाट बख्खु बुन्दै । भेंडापालन व्यवसाय कम र यस पेसामा युवा पुस्ताको बेवास्तासँगै गुरुङ समुदायको पुख्यौली पेशा विस्तारै हराउन थालेको छ ।
शुक्लाफाँटा नगरपालिका– ८ बेलडाँडीका किसान डढुवा रोगबाट जोगाउनका लागि विषादी छर्कंदै ।
नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा निर्माण गरेको २२० केभी क्षमताको सव–स्टेशन । परीक्षण सकिएको यो सव–स्टेशन केही दिनमै सञ्चालनमा ल्याउने तयारी छ ।
पाल्पाको रामपुर नगरपालिकामा निर्माणाधीन १५ शैयाको आयुर्वेद अस्पताल भवन ।
तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रामकोटमा धारामा पानी भर्दै स्थानीयवासी । प्रत्येक घरमा धारा नभएकाले सार्वजनिक धाराबाट पानी भर्नुपर्ने बाध्यता छ ।
फाेटाे : रासस