बैतडीको दोगडाकेदार गाउँपालिका–३स्थित केदारनाथ आधारभुत विद्यालयका विद्यार्थी घाममा बसेर पठनपाठन गर्दै । चिसो बढेकाले घाममा बसेर पठनपाठन कार्य भइरहेको छ ।
कैलालीको कैलारी गाउँपालिका– ७ वसन्तामा थारु समुदायले अन्न भण्डारणका लागि माटो, भुँसाबाट बनाइएका भकारी ।
संसारको सातौ अग्लो धौलागिरि हिमालको आधार शिविर जोड्ने पदमार्गअन्तर्गत म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने तलित्रे खण्डमा निर्माण भएको पैदलमार्ग ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा गोठबाट बाख्रालाई चरन क्षेत्रमा लैजाने क्रममा । यहाँका स्थानीयले हिउँदमा बेशीमा झरेका गोठका बाख्रालाई चरनका लागि वनतर्फ लैजाने गर्छन ।
बेनी–दरवाङ सडक आयोजना अन्तर्गत म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेशीमा सडकको संरक्षणका लागि कुनातर्फ पर्खाल लगाउँदै मजदुर ।
हिमपात हुने समय नजिकिदै गर्दा पशुचौपायाको लागि स्याउँला जोहो गरिँदै । अपिहिमाल गाउँपालिकाका तथा आसपास क्षेत्रमा चिसो समयमा दुईदेखि तीनफिटसम्म हिउँ पर्ने हुँदा गोठमा गाई भैसीलाई न्यानो बनाउन वनदेखि स्याउँला जोहो गर्ने गरिन्छ ।
शुक्लाफाँटा नगरपालिका–१० का किसानले टनेलमा व्यावसायिक रुपमा गरेको स्ट्रबेरी खेती । पहाडी क्षेत्रमा मात्रै हुँदै आएको स्ट्रबेरी खेती तराईमा समेत फस्टाउन थालेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छहराखोला झरना ।
बैतडीको दोगडाकेदार गाउँपालिका ३ स्थित केदारनाथ आधारभुत विद्यालयका विद्यार्थी घाममा बसेर पठनपाठन गर्दै । चिसो बढेकोले घाममा बसेर पठनपाठन कार्य भइरहेको छ।
संरक्षणको अभावमा जीर्ण बन्दै गएको बैतडीको दोगडाकेदार गाउँपालिका–३ खिरेगाउँमा रहेको पधेरो