आज बिहानैदेखि मौसममा बदलाब आएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदलाब आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यतिबेला सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य र बागमती प्रदेशमा आंशिक बदली भएको छ।
आज बिहानै पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा भइरहेको र उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।