कास्की जिल्लाको रूपा गाउँपालिकाको सुन्दरी बस्तीमा गुन्द्री बुन्न ताना लगाउँदै स्थानीय महिला ।
जिल्लाको व्यासनगरपालिका–२ सत्यवती लाइनमा सञ्चालित फ्रेण्ड्स फेशन गार्मेन्टमा कपडा सिलाईमा व्यस्त महिला । सो गार्मेन्टमा अहिले ४५ जना महिला पुरुषलाई रोजगारी गर्दै आएका छन् ।
लमजुङ क्व्होलासोथर गाउँपालिका–६, पर्यटकीय पसगाउँमा रहेको लोपोन्मुख परम्परागत ढुङ्गाको छानो लगाएको घुमाउने घर । विगतमा यस्ता घरहरु प्रसस्तै हुने गरे पनि संरक्षणको अभाव र बेवास्ताका कारण यतिबेला लोप हुने अवस्थामा पुगेको छ ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नं। १ पिपडाडी बिसनपुरमा रहेको ओरिया खोलामा भारतीय पक्षले अवैध रुपमा बालुवा उत्खनन गर्दै ।
पहिचानविहीन रहेका कायत समुदाय बस्दै आएको ढोरपाटन नगरपालिकाको बोबाङ गाउँ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौलीस्थित मुख्यचोकमा यात्रुको प्रतिक्षामा रहेका अटो रिक्सा । अटो रिक्सा सञ्चालनले छोटो दूरीमा यात्रा गर्न सर्वसाधारणलाई सहज भएको छ ।
पोखरा महानगरपालिका वडा नं। १७ म्यूजियम मार्गमा फुलेको आरुको बोटसहित सोमबार बिहान देखिएका माछापच्छ्रे र अन्नपूर्ण हिमाल ।
पुस र माघ महिनामा आवश्यक हिउँ नपर्दा माथिल्लो कर्णालीका स्याउ किसान चिन्तित बनेका छन् । हिउँ नपरेकै कारण चन्दननाथ नगरपालिका–७ जुम्लामा सुक्खा अवस्थामा देखिएको स्याउको बगैँचा ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रिखोला जलविद्युत आयोजनाको विद्युत गृह । माउन्टेन इनर्जी नेपाल प्रर्वद्धक रहेको यो आयोजनाले परीक्षण उत्पादनको तयारी गरेको छ ।
बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा रहेको गरुढ शिलाअघि हिमाललाई पृष्ठभूमि पारेर तस्बिर खिच्दै आन्तरिक पर्यटक ।
फाेटाे : रासस