आजका १० तस्विरहरु


प्रधानसेनापति पूर्णचन्द्र थापा सैनिक कल्याणकारी बोर्डको समन्वय र संयोजकत्व तथा नेपाली सेनाको व्यवस्थापनमा पश्चिम पृतना मुख्यालय विजयपुर पोखरामा बुधबार आयोजित भूतपुर्व सैनिक सम्मेलनमा आफ्ना पाँच सन्ततीलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने लमजुङका पार्वती शाखीलाई सम्मान गर्दै । 

तनहुँको बन्दीपुर गाउँपालिका विमलनगरस्थित सव डिभिजन वन कार्यालयमा बिरुवा उत्पादनका लागि पोलिव्याग भर्ने काम गरिँदै । कार्यालयले बिरुवा उत्पादन गरेर निःशुल्क रुपमा वितरण गर्ने गरेको छ । 

गोरखा पालुङटार नगरपालिका ध्वाँकोटमा निर्माण गरिएको काठको ठेकी बेच्नका लागि पोखरा बजारमा आइपुगेका पूर्णबहादुर विश्वकर्मा र उहाँकी पत्नी । ठेकीको साइज अनुसार रु ५०० देखि रु एक हजारसम्ममा बिक्री हुने उहाँ बताउनुहुन्छ । 

विद्यालयमा शिक्षण पेशाको काम सकेर बाँकी रहेको समयमा व्यावसायिक आलुखेतीमा रमाउने अमरगढी नगरपालिका–१ तडिपाटा गाउँका प्रकाशबहादुर ऐर । 

तनहुँको घिरिङ गाउँपालिका–५ मोहोरियाका महिला बिक्रीका लागि झिलिङ्गा तयार गरी सुकाउँदै ।

महाबु गाउँपालिका–४ का ७७ वर्षीय वृद्ध नन्द सुनार चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउँदै । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत र गाउँपालिकाबीच टेलिमेडिसिन सेवा जोडिएपछि नागरिकले स्वास्थ्य सेवा पाउन थालेका हुन् ।

गोल्डेन स्टार मल्टिमिडिया प्रालिद्वारा आयोजित एन टिभी प्लसमा प्रसारण गरिएको कार्यक्रम नेपाल गोल्डेन आइडल देश व्यापी खुल्ला एकल गायन तथा नृत्य प्रतियोगिताको नृत्य विधामा प्रथम स्थान हासिल गर्न सफल दङ्गीशरण गाउँपालिका सुकदेवाकी जेविका रेउलेलाई स्वागत गर्दै गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी र उपाध्यक्ष पीमा वली । 

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा फेरीको सहायताबाट यातायातको साधन तार्दै स्थानीवासी । फेरी संघीय सांसद् क्षेत्र विकास कोषबाट रु ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख र षडानन्द नगरपालिकाको रु ५५ लाखको लागतमा निर्माण गरिएको हो । निर्माण भएको फेरीबाट दैनिक दुई सयभन्दा बढी सवारीसाधन तारिन्छ । 

भेरी नगरपालिका–११ जगतिपुरस्थित रहेको शिवशंकर माध्यमिक विद्यालयका विद्यार्थी धूलोमा बसेर बढ्न बाध्य । शिक्षक कुर्सीमा बसेर पढाइरहेका छन् ।

कैलालीको जानकी गाउँपालिका–३ का महिला सडक मर्मत गर्दै । आफ्नो गाउँ आफैँ बनाऔँ भनी स्थानीय १०० जना महिला सडक निर्माणमा जुटेका छन् ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes